Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

यी ८६ प्रकारका औषधिको आयात रोकिँदै

काठमाडौं। सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु(याइएको छ । औषधिहरूको सूची भने गोप्य राखिएको छ  । आजको नयाँपत्रिकामा खबर छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ । २३ नेपाली कम्पनीको नवीकरण रोकियो सरकारले २३ स्वदेशी औषधि उत्पादक कम्पनीको नवीकरण रोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को असल उत्पादन अभ्यास९जिएमपी० मापदण्ड पूरा गर्न नसक्दा वर्षौँदेखि नेपाली कम्पनीको नवीकरण रोकिएको हो । ३९ वटा उद्योगले औषधि व्यवस्था विभागमा नवीकरणका लागि निवेदन दिएकोमा २३ फर्मास्युटिकल्स प्रालिको नवीकरण रोकिएको छ । तर, उनीहरूले उत्पादन गरेका औषधि भने बजारभरि छन् । नेपाल औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले धेरै नेपाली औषधि उद्योगले डब्लुएचओको मापदण्ड पूरा गर्न नसकेको बताए । ‘हरेक दुई–दुई वर्षमा उद्योगहरूले जिएमपी मापन गराउनुपर्छ । पास भए नवीकरण हुन्छ, नभए रोकिन्छ’, उनले भने । तर, आर्थिक चलखेलका आधारमा औषधि उत्पादनमा भने कुनै रोक लगाइएको छैन । मापदण्ड पूरा नगरेका कम्पनी र नवीकरण रोकिएको समय आर्य फार्मा प्रयोगशाला प्रालि     १२/०७/२०१६ चेमी ड्रग इन्डस्ट्रिज प्रालि     ०९/०१/२०१४ सिटिएल फर्मास्युटिकल्स प्रालि     २७/०३/२०१८ देउराली जनता फर्मास्युटिकल प्रालि     २३/१०/२०१७ एभरेस्ट फर्मास्युटिकल्स प्रालि     १५/०७/२०१४ फ्लोरिड लेबोरेटरिज प्रालि     २३/०१/२०१८ लोमस फर्मास्युटिकल्स प्रालि     २८/०९/२०१८ म्याग्नुस फर्मास्युटिकल्स प्रालि     ०१/०९/२०१७ मनोज फर्मास्युटिकल्स वर्क     ०१/१२/२०१४ मार्क फर्मसलेसन प्रालि     १५/०७/२०१४ नेसनल हेल्थकेयर प्रालि     ०२/१०/२०१८ नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरी प्रालि     १३/०७/२०१८ ओम फार्मास्युटिकल्स प्रालि    २३/१०/२०१७ फार्माको इन्डस्ट्रिज प्रालि    २९/०९/२०१८ मेड फर्मुलेसन प्रालि     ११/०८/२०१६ क्वेस्ट फर्मास्युटिकल्स प्रालि     २९/१०/२०१८ एसआर ड्रग ल्याब्रोटेरिज प्रालि     २७/०९/२०१६ सिद्धार्थ फर्मास्युटिकल्स प्रालि     १३/०७/२०१८ सिम्मा ल्याब्रोटेरिज प्रालि     २८/०९/२०१८ टोरुस फर्मा प्रालि     २६/०९/२०१६ युनिभर्सल फर्मुलेसन प्रालि     १६/१२/२०१४ विजयदेप प्रयोगशाला प्रालि     २०/०७/२०१७ डेनियम लेबोरेटरिज प्रालि     १३/०७/२०१६ स्रोतः औषधि व्यवस्था विभाग नेपाली उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ पवन आचार्य महासचिव,औषधि आयातकर्ता संघ नेपाली औषधि उत्पादक कम्पनीलाई प्रवद्र्धन गर्नुपर्छ भन्नेमा सबैको धारणा एउटै छ । सरकारले उनीहरूलाई बैंक ग्यारेन्टी दिन सकोस्, सुरक्षा दिओस् । तर, चोर बाटोबाट आयात बन्द गर्नु न्यायोचित हुँदैन । ८६ प्रकारका औषधिको आयात बन्द गर्ने भनेर सूची तयार पारेको विषय आएको छ । नेपाली उद्योग सक्षम नहुन्दै यो निर्णय लागू भए नेपालमा अत्यावश्यक औषधिको संकट हुनेछ । सरकारसँग मिलेर मूल्य निर्धारणमा हामी सहयोग गर्नेछौँ । २६ जेठ ०७१ मा सचिवस्तरीय निर्णय गर्दै स्वदेशी उत्पादकबाट कुनै औषधिको कम्तीमा ५ वटा ब्रान्डका (प्रडक्ट डोजियर) औषधि (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) मा पेस हुनुपर्ने निर्णय लागू हुनुपर्छ । मापदण्डमा अनिवार्य सन्तोष केसी,सूचना अधिकारी औषधि व्यवस्था विभाग जिएमपी पूरा गरेपछि हरेक दुई वर्षमा कम्पनी नवीकरण हुन्छ । औषधि आयातकर्ता अनिवार्य नवीकरण गरिएको हुनुपर्छ । नवीकरण नगर्दासम्म औषधि बजारमा बिक्री गर्न प्रतिबन्ध लगाइन्छ । तर, स्वदेशी उत्पादक कम्पनीका लागि अनिवार्य गरिएको अवस्था छैन । कुशल औषधि उत्पादक संहिता लागू गरिएको छ । त्यही आधारमा नेपालका औषधि बजारमा गएको छ । पाँच वर्षअघिदेखि नवीकरण नभएको अवस्था छ । राष्ट्रिय मापदण्डका आधारमा चलिरहेका छन् । विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस विदेशीको हकमा हेरिएको छ । स्वदेशीको हकमा जुनसुकै वेला गर्न सक्नेछौँ । नवीकरण नेपालीले पनि गर्नुपर्छ । जिएमपी पूरा नभएका कारण टेन्डर हाल्न नेपाली कम्पनीले सकिरहेका छैनन् । हामीले डब्लुएचओ जिएमपी अनिवार्य भनेको भए समस्या हुन्थ्यो । त्यो नभएका कारण अहिले इच्छादिनको हिसाबमा चलिरहेको छ । सरकारको मनशाय ८६ प्रकारका औषधि आयात रोक्ने भन्ने छ । औषधि उपलब्धताको विषयमा उत्पादक कम्पनी जिम्मेवार हुनुपर्छ । यो संवेदनशील विषय हो । एक दिन पर्खौँ भनेर हुँदैन । अत्यावश्यक औषधिको आयातलाई प्रतिबन्ध लगाउँदै गर्दा उत्पादन र गुणस्तरमा नेपाली कम्पनी जिम्मेवार बन्नुपर्छ । जिएमपी दिनु भनेको गुणस्तरमा ठीक छ भन्नु हो । इच्छादिन भए पनि जिएमपीमा जानुपर्छ । उनीहरू जिएमपी लिन प्रेरित हुनुपर्छ । हिजो हुने आज नवीकरण नहुने भन्नेबित्तिकै नेपाली उद्योगले उत्पादन गर्ने औषधिको गुणस्तर कस्तो छ भनेर बुझ्न सकिन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending