पश्चिम नवलपरासी। निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र सरकारले माग सम्बोधन नगरेको भन्दै पश्चिम नवलपरासीका निर्माण व्यवसायीहरूले जिल्लाभरका विकास निर्माणका कामहरू ठप्प पारेका छन् ।
निर्माण व्यवसायी सङ्घ नवलपरासीको आह्वानमा व्यवसायीहरूले सञ्चालनमा रहेका साना तथा ठुला सबै आयोजनाहरूको काम बन्द गरेका हुन् । इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएका कारण पुरानो दररेटमा काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
निर्माण व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष नवीन ज्ञवालीले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर काम रोक्नुपरेको बताए। “हामीले निर्माण आपतकाल घोषणा गर्न र मूल्य समायोजन गर्न माग गरेका थियौँ,’’ अध्यक्ष ज्ञवालीले भने, “व्यवसायीहरू टाट पल्टिने अवस्था आएपछि मेसिन र कामदारहरू कार्यस्थलबाट फिर्ता बोलाउन हामी बाध्य भयौँ।’’
सङ्घका अनुसार निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिमा देखिएको समस्या समाधान गर्न र राष्ट्र बैंकको अनुपयुक्त मूल्य सूचकाङ्कलाई खारेज गरी वास्तविक बजार मूल्यका आधारमा भुक्तानीको व्यवस्था मिलाउन माग गरिएको छ।
निर्माण व्यवसायी दीपक भुसालले बजारमा सिमेन्ट, डण्डी र बिटुमिनको मूल्यमा भएको चलखेलले गर्दा काम गर्ने वातावरण नै नरहेको उल्लेख गरे। “साइटमा सामान झार्न सक्ने स्थिति छैन, बैंकको ब्याज र मजदुरको खर्चले थिचेको छ,“ भुसालले गुनासो गरे, “सरकारले ठेक्का लगाउने तर समस्या पर्दा नहेर्ने प्रवृत्तिले गर्दा आज हामीले निर्माण उपकरणहरू थन्काउनुपरेको छ।’’
निर्माण कार्य बन्द भएसँगै जिल्लाका रणनीतिक सडक र स्थानीय तहका महत्त्वपूर्ण पूर्वाधार निर्माणका कामहरू अनिश्चित बनेका छन्। सङ्घका सचिव कृष्णप्रसाद पौडेलका अनुसार इन्धनमा भएको मूल्यवृद्धि र नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को अभावले गर्दा जिल्लाका पुल, सडक र भवन निर्माणका कामहरू प्रभावित भएका छन्। उनले भखे, “बजारको वास्तविक मूल्य र सरकारी रेटमा जमिन–आसमानको फरक छ। यस्तो अवस्थामा काम जारी राख्नु भनेको व्यवसायबाट पलायन हुनु हो। जबसम्म मूल्य समायोजन मार्गदर्शिका–२ जारी हुँदैन, तबसम्म काम सुचारु हुँदैन।’’
व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र चरणबद्ध रूपमा थप कडा कार्यक्रमहरू सार्वजनिक गर्ने जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १२:१०
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...
जेष्ठ २० गते, २०८३ - ११:३३
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...
जेष्ठ २० गते, २०८३ - ११:२१
काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...
जेष्ठ २० गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:२०
बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...
जेष्ठ २० गते, २०८३ - १०:०८
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार दुई हजार २९९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २३ लाख ७१ हजार ४२ राजस्व द...
जेष्ठ २० गते, २०८३ - ०९:५०
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता कारागारमा कैदीबन्दीबिच भएको विवाद र झडपपछि सुरक्षा अवस्था सामान्य बनाउन २० जना कैदीबन्दीलाई विभिन...
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...



प्रतिकृया लेख्नुहोस्: