Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भूकम्पपीडित नभेटी फर्के राष्ट्रपति

नुवाकोट, भूकम्पबाट अति प्रभावित जिल्लामध्येका नुवाकोट र रसुवामा अवलोकनका लागि आएका राष्ट्रपति डा. रामवरण यादवले भूकम्पपीडितलाई भने नभेटी फर्केका छन् । उनलाई भेट्न पीडित दिनभर लाइनमा बसेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– भूकम्पले विनाश मच्चाएको ४५ दिनपछि राष्ट्रपति यादव अवलोकनमा आएका हुन् । पीडितलाई चौघडामा राष्ट्रपति यादवले भेट्ने योजनाअनुसार भूकम्पपीडित चौघडा स्वास्थ्यचौकीमा भेला भएका थिए । पाल टाँगेर अतिथि राख्ने स्थान पनि प्रहरी र सेनाले बनाएको थियो । अपरान्ह अबेर गरी चौघडा ओर्लिएको राष्ट्रपतिको टोली स्थानीयसँग भेट्न तोकिएको स्थानभन्दा सय मिटर परैबाट फर्किएपछि स्थानीय निराश भए । राष्ट्र प्रमुखसँग भेट गर्न आएकी चौघडा–१ की चन्द्रकुमारी राईले चार घन्टा कुर्दा पनि राष्ट्रपति नआएकोमा गुनासो गरिन् । ‘पर मानिसको हुल आएको थियो । आए रे, आए रे भनेर उठेर हेरियो । तर, उनीहरू यहाँ आएनन्,’ राईले भनिन् । स्वास्थ्यचौकीमा चर्को घाम सहँदै बसेका सयजनाभन्दा बढी भूकम्पपीडित निराश भएर फर्किए । ‘नआएको भए हामीलाई केही थिएन । तर, आएपछि एक मिनेट अलि वर आएर दिनभरि कुरेका नागरिकलाई भेटेर जानुपथ्र्यो,’ राष्ट्रपतिको प्रतीक्षामा बसिरहेका कांग्रेस क्षेत्रीय सभापति धु्रव श्रेष्ठले भने, ‘गाउँलेलाई हेलिकोप्टरले धुलो उडाएको देखाउन मात्र आएको जस्तै गरे ।’ साढे ११ बजे नै राष्ट्रपति आइपुग्ने खबर पाएर आएका स्थानीय चर्को घाममा चार घन्टा राष्ट्रपतिसँग आफ्नो कुरा राख्न कुरेर बसेका थिए । राष्ट्रपति भेट्न कुरेर बसेकी चौघडाकी धनकुमारी खतिवडाले भनिन्, ‘चर्को घाममा कुरेर बस्नु मात्र भयो । नआउने भन्ने वेलैमा थाहा पाएको भए घरको काम गरिन्थ्यो । न घरको काम भो, न ठूलो मान्छे भेट्न पाइयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending