Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

‘राष्ट्र प्रमुखलाई हेर्ने शौभाग्य’ भन्दै राष्ट्रपतिको स्वागतमा विद्यालय बन्द !

झापा । राष्ट्रपति विद्यादेवी भण्डारी झापा आएपछि शिवसताक्षी नगरपालिकाका विद्यालय नै बन्द गराइएको छ । बुधबार विद्यार्थीलाई राष्ट्रपतिको स्वागतका लागि प्रयोग गरियो । कार्यक्रमस्थलमा विद्यालय पोशाकमै सयौँ विद्यार्थी थिए । नयाँपत्रिकामा खबर छ – शिवसताक्षी–७ लालझोडाको भानु माविमा बुधबार पहिलो पिरियड मात्र पढाइ भयो । राष्ट्रपति सहभागी हुने कार्यक्रमको स्वागत नृत्यमा विद्यार्थीलाई सहभागी गराउने भन्दै विद्यालय बिदा नै दिइयो । ‘राष्ट्रकै प्रमुखलाई हेर्ने शौभाग्य हो भन्दै विदा दिइएको हो,’ विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले भने । शिवसताक्षी–६ को जनआदर्श माविमा २ घण्टी पढाइ भएपछि छुट्टी भएको कक्षा १० का विद्यार्थी मोहन श्रेष्ठले बताए । एक शिक्षकका अनुसार राष्ट्रपतिको स्वागतका लागि नगरपालिकाले विद्यार्थी पठाउन आग्रह गरेको थियो । प्रधानाध्यापक तुलसी अधिकारीले सूचना नै सुनाएर विद्यालय विदा दिएको अर्का विद्यार्थी दीपेन्द्र सुडीले सुनाए । विद्यार्थीहरु आधा घण्टा पैदल हिँडेर कार्यक्रमस्थलसम्म पुगेका थिए । शिवसताक्षी–७ स्थित शुक्र माविमा ४ घण्टी पढाइ भएपछि विदा दिइएको प्रधानाध्यापक श्रीप्रसाद राजवंशीले बताए । यस विद्यालयका विद्यार्थीलाई पञ्चकन्या बनाएर राष्ट्रपतिको स्वागतमा प्रयोग गरियो । शिवसताक्षी–७ को भगवती माविका विद्यार्थी पनि कार्यक्रममा पुगेका थिए । शिवसताक्षीका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारीले नै टेलिफोन गरेर १२ बजेपछि विद्यालय बन्द गर्न भनेको शिक्षकहरु बताउँछन् । राष्ट्रपति भण्डारी प्रदेश एकका मुख्य–मुख्य कृषि फर्म र नमूना सहकारी फर्महरुको अवलोकनमा आएकी हुन् । बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई सपथ गराएलगत्तै राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकप्टर चढेर पूर्व आएकी हुन् । राष्ट्रपतिले महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले लगाएको सामूहिक खेतीको हवाइ अवलोकन गरिन् । सहकारीले सय बिघा क्षेत्रफलमा कृषि बाली लगाएको छ । त्यसलगत्तै गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्‍यो । कार्यक्रममा उनले कृषिमा युवा सहभागिता बढाउनुपर्ने र सरकारले पनि कृषिमा लगानी बढाउन आवश्यक रहेको बताइन् । उनले शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित कृषि विकास फर्मको अवलोकन गरिन् । हेलिकप्टरबाट ओर्लिएपछि उनले फर्म परिसरमा रहेको बन्दागोबी खेती २ मिनेट नियालेकी थिइन् । त्यसक्रममा राष्ट्रपति भण्डारीले फर्मबारे बुझ्ने आफ्नो पुरानो चाहना पूरा भएको बताइन् । कृषि विकास फर्मले कृषिको विकासमा सहयोग पुर्‍याएको भन्दै राष्ट्रपति भण्डारीले अझ क्षमता अभिबृद्धि गर्न सुझाइन् । ‘फर्मले उत्पादकत्व र आम्दानी बृद्धि गर्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending