Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

विमानस्थल विस्तार गर्न दुई यस ५० बिगाहा जग्गा अधिग्रहण

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिए । मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताए । उहाँले यस विमानस्थलबाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि उडान चाँडै सुचारु गर्ने बताउँदै यस विमानस्थलमार्फत स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक डिपीआर तयार भएमा सङ्घीय सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सकिने बताए । उनले विमानस्थल विस्तारको लागि आवश्यक जग्गाको मुआब्जाको रकमको कुनै पनि कमी नभएको बताउँदै यसलाई क्षेत्रीय अन्तरदेशीय विमानस्थलको विस्तार गरी यात्रुलाई आवश्यक सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश सदस्य चुमनारायण तवदारले प्रदेशलाई उत्कृष्ट बनाउन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नुपर्नेमा जोड दिँदै यस कार्यमा सरकारलाई साथ दिने धारणा व्यक्त गरे । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश नं १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्द्र राउतले भारतको वागडोगरा विमानस्थलबाट नेपाली हवाई यात्रुको छोटो दुरीको अन्तर्राष्ट्रिय उडान न्यूनीकरणका लागि विराटनगर विमानस्थलबाट चाँडै नै छोटो दुरीको अन्तर्राष्ट्रिय उडान शुरु गर्नुपर्ने विचार व्यक्त गरे । विराटनगर विमानस्थलबाट अहिले काठमाडाँैका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् । सन् २०१८ को ११ महीनामा यस विमानस्थल हुँदै चार लाख ८५ हजार ६९ यात्रुले आवतजावत गरेका थिए । विमान प्रयोग गर्ने यात्रुको सङ्ख्यामा यसवर्ष १४ प्रतिशतले वृद्धि भएको छ । विराटनगर विमानस्थलले आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड ४७ लाख राजश्व सङ्कलन गरेको सोही अवसरमा बताइयो । विराटनगर विमानस्थल २०२५ असार ९ गतेदेखि सञ्चालित रहेको छ । यो काठमाडौँपछि दोस्रो ठूलो विमानस्थलको रुपमा रहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending