पौष १४ गते, २०७५ शनिवार 29th December, 2018 Sat१३:३२:१७ मा प्रकाशित
राजविराज।सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयांै बिगाहा नम्बरी जग्गाको मुआब्जा अझै पाएका छैनन् ।
करीब ७३ वर्षदेखि नेपाल सरकारले भारत सरकारसँग कुटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा तीन÷तीन पुस्ताले समस्या झेल्नु परेको हुनुमानगर कङ्कालिनी नगरपालिका–२ का श्यामसुन्दर खड्गाले बताए ।
प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को बीचमा अवस्थित सप्तकोशी नदीमा पुल निर्माणको बेला सप्तरीको साविक भारदह गाविस र हाल हुनुमाननगर कङ्कालनी नगरपालिका वडा नं १,२,३ र ४ सहित अन्य वडा गरी जोगिनियाँ, हनुमाननगर, डलुवा, रम्पुरा मल्हनियाँका जनता पुख्र्यौली सम्पत्तीको मुआब्जाका लागि नेपाल र भारतका सरकारी अड्डामा धाएर हैरान भएको साविकको भारदह गाविस–१ निवासी कपलेश्वर माझीले बताए ।
कपलेश्वरका छोरा धनेश्वर माझी सप्तकोशी नदी पुल निर्माणको बेला २९ वर्षका थिए र उनका छोरा कपलेश्वर माझी भर्खर जन्मिएका थिए । धनेश्वरको मृत्यु भइसकेका छन् भने कपलेश्वर अहिले ७३ वर्षका वृद्ध भइसकेका छन् ।
धनेश्वरको मृत्युपछि उनका छोरा कपलेश्वर भारतले अधिग्रहण गरेको आफ्नो पुख्खौंली नम्बरी जग्गाको हालसम्म मुआब्जा नपाएको गुनासो गरेका छन् । त्यस्तै हनुमाननगर कङ्कालनी नगरपालिका–२ सकरदहीका ७५ वर्षीय गोसाईं मण्डल भन्छन् , “कोशी ब्यारेज बनेको बेला नम्बरी जग्गा दियो तर अहिलेसम्म भारत सरकारले मुआब्जा नदिएको गुनासो गरे ।”
नेपाल सरकारको तर्फबाट समेत कुनै पहल नहँुदा भारदहलगायत अन्य गाउँवासीले मुआब्जा नपाउँदा यहाँका अधिकांश युवा अहिले ऋण काढेर विदेश पलायन हुने गरेका छन् ।
हामीहरुले कोशी ब्यारेज बनाउनका लागि जग्गा दियो अब जग्गा पनि छैन, मुआब्जा पनि दिंदैन आखिर के गरी खाने भनेर सोही ठाउँका अर्का बिलेती विश्वासले गुनासो थपे ।
जग्गा नहुँदा अधिकांश युवा विदेश पलायन हुने गरेकाप्रति सरकार गम्भीर नहँुदा आफूहरु मर्कामा परेको उहाँले जिकिर गरे । यस्तै सप्तरी, सुनसरी र उदयपुरका झण्डै चार हजार परिवारको पनि अवस्था यस्तै छ । कोशी ब्यारेज निर्माणका क्रममा सप्तरीको एउटा गाउँ भारदहको मात्रै ६०० बिघा नम्बरी जग्गा पुल निर्माणको क्रममा अधिग्रहण गरिएको थियो ।
सन् १९४४ मा सप्तरी र सुनसरीको सिमानामा भारत सरकारले सप्तकोशी नदीमा ५६ ढोकासहितको कोशी ब्यारेज पुल निर्माण गरिएको थियो । कोशी ब्यारेज निर्माणको क्रममा सप्तरी बाहेक केही भाग सुनसरी र उदयपुर जिल्ला गरी झण्डै १३ हजार बिगाहा नम्बरी जग्गा भारत सरकारले अधिग्रहण गरेको स्थानीयवासीको भनाइ छ ।
तीन जिल्लाका झण्डै चार हजार परिवारको गरिखाने खेतको आजसम्म कुनै लेखाजोखा छैन भने किसानको यति ठूलो समस्यालाई पनि नेपाल सरकारले भारत सामु उठाउन नसक्नुले यहाँका किसान समस्यामा परेको स्थानीयवासी हरिशङ्कर विश्वासको गुनासो छ ।
यसबाहेक प्रत्येक वर्ष वर्षायाममा सुनसरीको चतरादेखि सप्तरीको रम्पूरा मल्हनियाँसम्मको झण्डै ४८ हजार बिगाहामा लगाइएको बालीनाली र विभिन्न खाद्यान्नबाली कोशीको पानीले डुबाउने गरेको पनि उनले गुनासो गरे । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरी र सुनसरीको बीचमा पर्ने भारदहमा सप्तकोशीको पुल निर्माण गरिएको छ ।
सम्झौता अनुसार कोशीपीडित परिवारलाई राहत दिने उद्देश्यले विद्यालय, अस्पताल, सडक तथा सिँचाइ सुविधा भारतले उपलब्ध गराउने भनि एपनि हालसम्म केही काम नभएको पनि गुनासो पाइएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: