Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णयमा के- के छन्

काठमाडाैं । कणाली प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय गरेको छ । बैठकले कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा २०७५ पौष ८ गते राती २ वजे भएको आगजनीको घटना र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति प्रदेश सरकारको तर्फवाट दुख प्रकट गर्दै सो घटनाका घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यसैगरी पिडितहरुका लागि प्रदेश सरकारको तर्फवाट प्रति परिवार २० हजार नगद तथा अन्य राहतसामाग्री उपलब्ध गराईसकिएको छ । अग्नीपिडितहरुको उद्धार, अस्थायी वसोवास, खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक तथा भौतिक सहयोग गर्ने संघीय सरकार, गृहमन्त्रालय, स्थानीय सरकार, राजनैतिक दल, गैरसरकारी संघसंस्था र सहयोगी व्यक्तिहरुलाई प्रदेश सरकारको तर्फवाट हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ । कालिकोट जिल्लाको पलातामा भएको आगलागिवाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने । अग्नीपिडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार रु.५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै सो कार्यक्रम अन्तरगत अग्नीपिडितहरुको आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पत्ताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा निम्न व्यक्तिलाई मनोनयन गर्ने निर्णय गरेको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"222948\"] अन्तरप्रदेश समन्वय परिषदको मिति २०७५ पौष ३ गतेको वैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीले आज विहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending