Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

 नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो । उक्त गाउँमा ९० घरधुरी छन् । सनई २ (क) कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी भोनु चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१/७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए । पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताए । स्थानीयवासीसँग पञ्चायतकालमा गाउँ पञ्चायतले वितरण गरेको जग्गाधनी पुर्जा भने छ । गाउँ पञ्चायतले दिएको पुर्जा देखाउँदै स्थानीयवासी ६८ वर्षीय शिवचरण केवटले भन्नुभयो, “हामीसँग पुर्जा छ तर कसरी एउटै व्यक्तिको नाममा दर्ता भयो, हामी साह्रै मर्कामा परेका छौँ, मेरो १४ धुर जग्गा प¥यो, अहिले भोनुका परिवारले कि पैसा देऊ, कि सट्टामा जग्गा देऊ भन्छन् हामी गरीबले कसरी दिने ?” एउटै व्यक्तिको नाममा दर्ता रहेकोे गाउँको उक्त ब्लकको जग्गामा पर्ने ८५ घरधुरीमध्ये पूर्वगाविस अध्यक्ष राजेन्द्र सहानी, हाल सोही वडाका कार्यालय सहायक रहेका शम्भु सहानीलगायतको पनि घर परेको छ । चार पुस्तादेखि बस्दै आए पनि अहिलेसम्म एउटै व्यक्तिको नाममा दर्ता छ भन्ने थाहा नै नपाएको भन्दै कार्यालय सहायक सहानीले भने, “मेरो पनि एक कठ्ठा जग्गा परेको छ, नक्सामा गाउँब्लक र फिल्डबुकमा एउटै व्यक्तिको नाममा दर्ता भएको पाइयो, यो बदर हुनुपर्छ ।” अर्का ६५ वर्षीय स्थानीयवासी सुदामा चौधरीले यस्तो अवस्था आउनामा जनताको भन्दा पनि त्यस बखतका कर्मचारीबाट गल्ती भएको हुन सक्ने या भोनुले नै प्रलोभनमा पारेर दर्ता गराएको हुनसक्ने जिकिर गरे । भोनुको मृत्यु भइसकेको र हाल उनका दुई छोरा छन् । गाउँलेसँग भोनुका छोराले आफ्नो नाममा रहेको जग्गाको आधारमा रकम वा त्यसको सट्टामा जमीन दिन दबाब दिने गरेको स्थानीयवासीको गुनासो छ तर भोनुका छोरा रामशङ्करले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । नापी कार्यालयका नापी अधिकृत धमेन्द्रकुमार श्रेष्ठले सो जग्गा व्यक्तिको नाममा दर्ता रहेकाले गाउँब्लकको जग्गाको नापनक्सा भए पनि उनहरुलाई पुर्जा दिन नमिलेको बताए । अब मन्त्रालयबाट निर्देशन वा मन्त्रिपरिष्दबाटै निर्णय गरेर व्यक्तिको नाममा रहेको उक्त जग्गा बदर गरे मात्र पुर्जा वितरण गर्न सकिने उनको भनाइ थियो । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीले जोतभोग गरिरहेको सो जग्गाको पुर्जा उनीहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गरेर न्याय दिलाउने बताए । गाउँवासीहरूले लालपुर्जा बदर गरी आ–आफ्नै नाममा तात्कालिन गाउँ पञ्चायतको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending