Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

नगरपालिकाले दियो सुत्केरी आमालाईे भत्ता

कावासोती । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ ।

नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ ।
‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रम अन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु तीन हजार प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

“हामीले नगरको नीति तथा कार्यक्रममा यसलाई समेटेका थियौँ”, नगर प्रमुख पौडेलले भने, “यसलाई कार्यान्वयनको प्रक्रियामा लाने निर्णय गरेका छौँ ।” नगरपालिका प्रमुख पौडेलका अनुसार सुत्केरी भत्ता लिनका लागि पितौजिघाट स्वास्थ्य चौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी भएको हुनुपर्नेछ ।

सुत्केरी भत्तालाई भत्ताका रुपमा मात्रभन्दा पनि सबैले सुरक्षित रुपमा स्वास्थ्य संस्थामा बच्चा जन्माउन भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख पौडेलले बताए ।

स्वास्थ्य संस्थामा चार पटक गर्भजा“च र सुत्केरी पश्चात् तीन पटक स्वास्थ्य परीक्षण गर्नेले मात्र यो सुविधा प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

साथै नगरपालिकाले तोकेका स्वास्थ्य संस्थाले उपचारका लागि अन्यत्र सिफारिश गरेमा सुविधा प्राप्त गर्न सकिनेछ । यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुग्ने नगर प्रमुख पौडेले बताए । सुत्केरी भत्ता यसअघि नेपाल सरकारले प्रदान गर्दै आएको सुविधा बाहेकको थप सुविधा भएको नगरपालिकाले जनाएको छ ।

न्यानो कपडा प्रदान

नवलपरासी पूर्व पिठौलीमा रहेको वृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको छ ।

पिठौलीमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेका आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई कावासोती–१३, लौखानी निवासी तारानाथ लामिछाने सहित उनको परिवारले न्यानो कपडा प्रदान गरेको हो ।

आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई जाडो मौसममा चिसोका कारण स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले सहजता होस् भनेर ‘ब्लाङ्केट’ प्रदान गरिएको लामिछानेले जानकारी दिए ।

यसैगरी गँैडाकोट नगरपालिका बस्ने मिर्गौला पीडित राममाया रानाभाटलाई आर्थिक सहयोग प्रदान गरिएको छ । दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचाररत रानाभाटलाई रानाभाट तथा भाट समाज नेपाल कावासोती र कतारमा रहेका रानाभाटवासीले आर्थिक सहयोग प्रदान गरेका हुन् । रानाभात तथा भाट समाज नेपाल कावासोतीले रु नौ हजार ८०० र कतारबाट सङ्कलित रु ३० हजार गरी ३९ हजार ८०० मिर्गौलापीडित राममाया रानाभाटलाई प्रदान गरिएको रानाभाट तथा भाट समाज नेपाल कावासोतीका अध्यक्ष समर रानाभाटले जानकारी दिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending