मंसिर २१ गते, २०७५ शुक्रवार 7th December, 2018 Fri१६:१४:१९ मा प्रकाशित
उर्लाबारी। जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो ।
बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रमा सबैभन्दा बढी वनभोज खान आउनेहरुको भीड लाग्ने गर्छ । राजमार्गसँगै जोडिएको भएकाले पनि बेतना सिमसार वनभोज खान र घुम्न आउनेहरुका रोजाइमा परेको हो । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहअन्र्तगतको सो सिमसार क्षेत्र करीब ६५ बिघा क्षेत्रफलमा फैलिएको छ ।
समूहका अध्यक्ष डम्बर बस्नेतका अनुसार जाडो बढेसँगै वनभोज खान आउनेको सङ्ख्यामा वृद्धि भएको छ । हाल सार्वजनिक बिदा बाहेकका दिनमा करीब एक हजार जना वनभोज आउने गरेका छन् । सार्वजनिक विदाका दिन करीब पाँच हजार जनाको भीड लाग्ने गरेको छ ।
समूहले वनभोज स्थलका लागि रु ६ सय तथा वनभोज खान आउनेहरुका लागि प्रतिव्यक्ति रु १० तोकिदिएको छ । सिमसार क्षेत्र घुम्न आउनेहरुका लागि रु ३० प्रवेश शुल्क लिने गरिएको छ । समूहले सिमसार क्षेत्रलाई थप आकर्षक बनाउन २० वर्षे रणनीतिक योजनासमेत बनाएको छ । सो सिमसार क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा १ नं प्रदेश सरकारले रु १ करोड बजेटसमेत विनियोजन गरेको समूहका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । पानीले वर्षभरि नै भरिरहने ठूल्ठूला पोखरीले गर्दा बेतना सिमसार क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रुपमा राखिएको छ । साइबेरियादेखि आउने चराहरुका साथै २५ प्रजातिका दुर्लभ चराहरु, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस सिमसार क्षेत्रमा पाइन्छन् ।
यस्तै, जिल्लाको उर्लाबारी नगरपालिका – २ मा अवस्थित बेतिनी सिमसार क्षेत्र पनि वनभोज खान र घुम्न जानेहरुको आकर्षक गन्तव्य हो । करीब ६० बिघा क्षेत्रफलमा फैलिएको सो सिमसारमा जलयात्रा सेवा शुरु भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जाडो मौसम शुरु भएसँगै सो सिमसारमा वनभोज खान र घुम्न दैनिक तीन÷चार सय र सार्वजनिक विदाका दिन करीब एक हजारको हाराहारीमा आउने गरेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम राईले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–३ मंगलबारे चोकबाट करीब दुई किलोमिटर उत्तरमा सो सिमसार रहेको छ । यहाँ सडक सुविधा भएकाले सहजै पुग्न सकिन्छ । दुई वटा पोखरी रहेको सो सिमसारमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याइएको छ ।
सिमसार क्षेत्रमा वनभोज खानका लागि रु ६०० र घुम्नेहरुका लागि प्रतिव्यक्ति रु १० प्रवेश शुल्क तोकिएको छ । यहाँ बेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यो ठाउँ आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गर लगायतका जीवजन्तु पाइन्छ । सो सिमसार क्षेत्रको विकासका लागि मोरङ क्षेत्र नं १ सङ्घीय निर्वाचन क्षेत्र विकास कार्यक्रम मातहत रु १५ लाख बजेट विनियोजन गरिएको छ । उर्लाबारी नगरपालिकाले सिमसार क्षेत्रसम्म पुग्ने सडक कालोपत्र गर्न रु ३० लाख बजेट छुट्याएको छ । उर्लाबारी नगरपालिकालाई सिमसारको शहरको रुपमा घोषणा गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको नगर प्रमुख खड्ग फागो बताउनुहुन्छ ।
सिमसारको शहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनीसहित लामपाते, बुढाठाकुर लगायतका अन्य सिमसार क्षेत्र पनि रहेका छन् ।
यस्तै, उत्तरी लेटाङ नगरपालिका – १ मा रहेको पर्यटकीय स्थल राजारानीमा पनि वनभोज खाने र घुम्ने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । लेटाङ बजारबाट ६ किलोमिटर उत्तर कच्ची सडक हुँदै सो स्थल पुग्न सकिन्छ । राजारानी क्षेत्रमा घुम्न, वनभोज खान तथा जङ्गलमा फुलेका सुनाखरी अवलोकन गर्न पूर्वी मोरङ, झापा र सुनसरीबाट दैनिक ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । राजारानीमा राजा, रानी र राजकुमारी नाम गरेका तीन वटा पोखरी रहेका छन् भने राजारानी मन्दिरसमेत रहेको छ । सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु १० लाख र लेटाङ नगरपालिकाले रु ६ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष विष्णु मगरले राससलाई जानकारी दिनुभयो ।
उत्तरी मोरङकै केराबारी गाउँपालिका – २ मा रहेको जेफाले डाँडामा पनि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । धनकुटा जिल्लासँग जोडिएको जेफाले डाँडाबाट बिहानै सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । जेफालेमा रहेको चिया बगानमा घुम्न र स्थानीय संस्कृतिको अध्ययन गर्न पनि आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । जेफाले गाउँमा होमस्टे सञ्चालन हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो । यहाँ हाल सात वटा घरमा होमस्टे सञ्चालित छ भने एक रातमा ५० जना पर्यटक खान र बस्न सक्छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका – ५ मा अवस्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ । सुन्दरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसबारी चौकबाट करीब ६ किलोमिटर उत्तरमा अवस्थित सो सिमसार पुग्न सकिन्छ । बाह्रै महिना जरुवा पानीको मूलसमेत रहेको सो सिमसार क्षेत्र करीब ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । विभिन्न देवीदेवताका मन्दिर, विभिन्न प्रकारका वनस्पति, जीवजन्तु र पशुपक्षीहरुको बासस्थानसमेत रहेको सो क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि समेत उपयोगी रहेको छ । जिल्लामा रहेका बाघझोडा, चुलीपोखरी, सुनवर्षी पोखरी, नेसेलुङ डाँडालगायतका पर्यटकीय क्षेत्र पनि वनभोज खानेहरुका लागि आकर्षक गन्तव्य हुन् । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: