Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सरकारी कार्यालय सारेको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

रोल्पा। जिल्लामा लामो समय सेवा प्रवाह गरेका महत्वपूर्ण सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण गरेको भन्दै रोल्पाको एक प्रतिनिधिमण्डलले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा नेतृत्वको उक्त प्रतिनिधिमण्डलले बुटवलस्थित प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । जनप्रतिनिधि, राजनीतिक दल, नागरिक सङ्गठन र सञ्चारकर्मी संलग्न उक्त प्रतिनिधिमण्डलले बुधबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा रोल्पा जिल्लाबाट एक/एक गर्दै सरकारी कार्यालय अन्य जिल्लामा स्थानान्तरण हुँदै जानु निकै दुखद् भएको बताइएको छ । त्यस्ता कार्यालय जिल्लाबाट स्थानान्तरण नगर्न गत असार ३ गते जिल्लाको सर्वपक्षीय समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएको भए पनि सुनुवाइ नभएको उल्लेख छ । जिल्लावासीको मागलाई बेवास्ता गर्दै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, शहीद मार्ग सडक योजना कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय र खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय स्थानान्तरण भई अन्य जिल्लामा गएको उल्लेख गरिएको छ । पछिल्लो पटक गत मङ्सिर २ गते सामाजिक विकास मन्त्रालयस्तरको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालयसमेत रोल्पा जिल्लाबाट स्थानान्तरण भएको विषयले निकै गम्भीर बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । लामो समयदेखि सेवा प्रवाह गरिरहेका करीब आधा दर्जन त्यस्ता कार्यालय जनता तथा तिनका प्रतिनिधिलाई समेत कुनै जानकारी नदिई पहुँचवालाको दबाबमा परी स्थानान्तरण गरिएको विषयप्रति घोर आपत्ति जनाउँदै अविलम्व पुनःस्थापनाका लागि माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ संविधान घोषणा भएसँगै जिल्लामा रहेका अधिकांश कार्यालय खारेज भइसकेकाले आवश्यकताअनुसारका कार्यालय स्थापना हुन लागेको बताउनुभएको प्रतिनिधिमण्डलमा संलग्न नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक कार्यालय रोल्पामा स्थापनाका लागि आफूले पहल गर्ने आवश्वासन दिएको प्रतिनिधिमण्डलका अर्का सदस्य एवं रोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies