Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

हरितारा चलचित्र पुरस्कार, लय संग्रौला र रेखा थापालाई

काठमाडौं । हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ । मंसिर १७ गते बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मान समारोहमा ३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षणरसम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत श्री लय संग्रौलालाई तथा लगभगदुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री रेखा थापालाई हरितारा चलचित्र पुरस्कार –२०७५ सम्मान पत्र सहित जनही २५ हजार नगद राशी अन्तराष्ट्रिय टेनिश खेलाडी मायांका राणा र माहिका राणा तथा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, प्रथम रंगीत नेपाली चलचित्रकी नायिका चैत्य देवी, प्रथम हास्य अभिनेत्री बसुन्धरा भूसालद्वारा अर्पण गरिएको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"218667\"] त्यसैगरि परिवर्तन नेपालले गतसाल देखि स्थापना गरेको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार – २०७५ सम्मान पत्र तथा नगद राशी जनही १० हजार सहित ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री विजय रत्नतुलाधरलाई श्रीमती सावित्री कोइरालाको हातबाट अर्पण गरिएको छ । यस्तै अभिनेता निर्देशक श्री रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, डिजाइन सुन्दर श्रेष्ठ तथा वरिष्ट चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय रहेका थिए । हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्री द्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले दुवै पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै यस कार्यक्रममा वरिष्ट अभिनेत्री बसुन्धरा भुसाल तथा पुरस्कृत व्यतित्व लय संग्रौला र रेखा थापाले आफ्नो मन्तव्य राखेका थिए । निराजन भण्डारीले संचालन गरेको यस पुरस्कार अर्पण समारोहमा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies