Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रधानमन्त्रीलाई राजीनामा गर्न एमालेको दबाब

काठमाडौं, सत्ता साझेदार एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा गर्नुपर्ने दबाब दिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–कांग्रेसलाई सत्तामा डेढ वर्ष साथ दिएको एमालेले संविधानका अन्तरवस्तुमा दलहरू सहमतिनजिक पुगेपछि अबको सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। कांग्रेससँग भएका पछिल्ला वार्ताहरूमा एमालेले संविधानका अन्तरवस्तुमा सहमति भएलगत्तै प्रधानमन्त्रीले राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने नयाँ माग राख्दै आएको हो। सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमाओवादीसँग नजिकिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व छोड्न दबाब दिएको हो। एमालेको यस्तो मागलाई प्रतिपक्षी एमाओवादीले पनि साथ दिएको छ। ‘एक वर्षमा संविधान पनि जारी नहुने, सहमति पनि नहुने र त्यसको लाभ प्रधानमन्त्री सुशील कोइरालाले लिन मिल्दैन’ एमाले मुख्य सचेतक अग्नि खरेलले भने, ‘एक वर्षमा संविधान जारी गर्ने लिखित सहमति भएको हो। संविधान निर्माण नभएको लाभ कांग्रेसले मात्रै लिने भन्ने सहमति भएको छैन।’ यसअघि कांग्रेस र एमालेबीच सरकार निर्माणका क्रममा एक वर्षभित्र नयाँ संविधान जारी गरेर सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको थियो। बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री कोइराला भने संविधान जारी गर्ने एक महिनाको मिति राखेर आफू राजीनामा गर्न तयार रहेको बताउँदै आएका छन् तर एमालेले संविधान नबन्दाको फाइदा कांग्रेसले मात्रै लिन नहुने दाबी गर्दै राजीनामा नगरे मन्त्रीहरू सरकारबाट फिर्ता बोलाउनेसम्मको चेतावनी दिएको छ। सरकारबाट बाहिरिने एमालेको चेतावनीले प्रधानमन्त्री कोइराला दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति भएपछि सरकार छाड्ने विषयमा लचक हुन थालेको स्रोतको दाबी छ। ‘संविधानका अन्तरवस्तुमा सहमति भएकै दिन मुलुकमा नयाँ सन्देश दिन प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग एमालेले राखेको छ’ दलहरूको वार्तामा सहभागी हुँदै आएका एक कांग्रेस नेताले भने, ‘के गर्ने भन्ने टुंगो लागेको छैन। दलहरूबीचको सहमतिमै राजीनामा गर्ने कि नगर्ने निष्कर्षमा पुगिन्छ।’ प्रधानमन्त्री कोइराला सकभर पार्टीको तेह्रौं महाधिवेशनसम्म सरकारमै बस्न चाहन्छन्। पछिल्लो समय विपत्तिपछि सरकारको ुपरफरमेन्सु मा विदेशीले समेत प्रश्न गर्न थालेपछि कोइराला अप्ठ्यारोमा परेका छन्। सरकारको नेतृत्वको आलोचना बढ्न थालेपछि एमाले अध्यक्ष केपी ओलीले प्रतिपक्षी दल एमाओवादीसँग सत्ता समीकरणमा छलफल गरेर सरकार परिवर्तनको कसरत सुरु गरेका हुन्। कांग्रेसभित्रै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय र वर्तमान नेतृत्वसँग असन्तुष्ट रहेकाहरू पनि सरकारको परफरमेन्स प्रभावकारी नभएको भन्दै संविधानका अन्तरवस्तुमा सहमति गरेर कोइरालाले सरकार छाड्नुपर्ने पक्षमा छन्। ‘डेलिभरीमा सरकार पूर्ण रूपमा असफल देखियो’ कांग्रेसकै अर्का नेताले भने, ‘सबैले आलोचना गरेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरेर निकास दिनुपर्छ।’ कांग्रेसमा देउवा पक्षका नेताहरू पनि तेह्रौं महाधिवेशनमा कोइराला प्रधानमन्त्री हुँदा सत्ताको दुरुपयोग हुनसक्ने भन्दै एमालेको प्रस्तावमा ‘मौन’ समर्थक बनेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies