Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बाबु ! माओवादीले के खान्छन् हँ ?

  गोरखा जानु थियो हामीलाई । टेलिभिजनमा देखिएका नेपालका निम्ति भारतबाट आइरहेका पानीका बोत्तल समेतका दृश्यले हामीलाई स्थितिको भयावहता अन्दाज गर्न ठाउँ दिएको थियो । केही गर्ने र मात्रै गर्ने उद्धेश्यले गोरखा हिँड्याैं हामी । गोरखा प्रवेश गर्नेवित्तिकै दरौंदी किनारको अपरेसन केन्द्रले हामीलाई गोरखाको सन्देश दिएको थियो । पालछेउका भग्नावशेष र कान्ति हराएका मानवहरुका शोकमग्न अनुहारले हामीलाई परिस्थिति बुझ्न सघाएका थिए । आज पनि राहत नपुगेको भनेर थुप्रै ठाउँबाट असन्तोषका आवाजहरु आइरहँदा हामीले भोगेको गोरखा अलिक फरक देखियो । गोरखा सदरमुकामबाट करिव ३२ किमी टाढाको सिमजुङ जाँदै गर्दा बाटोमा जति भग्नावशेषका विरुप दृश्यहरु देखिए, राज्य पनि उति नै कुरुप छ भन्ने कुराको आभाष मिलिरहेकै थियो । मुस्किलले गाईवस्तु मात्र हिँड्न सक्ने बाटोमा चारै चक्का चल्ने ट्र्याक्टरका लामा लस्कर मात्रै थिएनन्, तिनका चर्का आवाजहरुको राज थियो, दरौंदी  किनारमा; तिनीहरु त्यो कच्ची बाटोका ‘डन’ समेत थिए । राहत बोकेका ट्र्याक्टरको लाम देखेपछि लामो समय लिएर गाडी साइडमा उभिएको तथ्य आफैंमा एउटा विपद् व्यवस्थापनमा स्थानीय ड्राइभरहरुले सिक्दै गरेको ‘संस्कार’ बुझिन्थ्यो ।
हाम्रा आँखाहरुले देखेका भग्नावषेशमा रगतका टाटाहरु प्रशस्तैै थिए । भग्नावशेषका डिलहरुमा कहीं भैंसीका कुहिएका टाउका, कहीं बाख्राका पाठाको आधा छोपिएको ‘लास’ र कहीं कुकुर–बिरालाको अस्थिपन्जर देखिन्थे, जो हाम्रो मुटुको धड्कन बढाउन यथेष्ट थिए । कहीं–कहीं व्यावसायिक ढंगले पालिएका कुखुराका खोर थिचिएर मरेका कुखुरामा रमाइरहेका कीराहरुकोे आतंक थियो । मानिसहरु त थिए तर चुपचाप, जीवन हराएको बस्तीमाजस्तै । मानिसको चहलपहल कम हुँदै गरेकाले होला, स्यालहरुको आवाज टड्कारो बनिरहेको थियो ।
भग्नावशेषमाथि सहयोगी हातहरु थिए, भलै कतिका निम्ति त्यो ‘फेसबुक प्रपोगान्डा’ को विषय मात्रै किन नहोस् । शायद यो मोटर बाटोको छेउमा थियो र राज्य पुगेको छ भनेर भन्न सकिने ठाँउ थियो । पहिरोको छेउछेउमा डोजर थिए, बसका मानिसको टिप्पणी थियो– बाबुराम हुनुको फाइदा मज्जैले उठायो गोरखाले । हामी आफैंले आफ्ने टिमको व्यवस्थापन गरेका थियौं । हामीसँग प्रत्येकका हातमा औजार, पाल र आफ्ना निम्ति अत्यावश्यक खाद्यसामग्री समेत थिए । हामी भूकम्पको केन्द्रभन्दा दुई किमी वर बालुवा नजिकको बजारमा झर्यौं । बजार कुनै ‘डाइनमाइटले उडाएको खण्डहर’ जस्तै थियो । भूकम्पको धक्काले आफन्त गुमाएकाहरु चौपारीमा बसेर सेतो कपडामा सुस्ताइरहेका थिए । तिनको वरीपरी रहेका मानिसहरुका आँखामा समेत कुनै चमक थिएन । लाग्थ्यो– मृत्युले पहिल्यै तिनका आँगनमा ‘अपहरण–पुर्जी’ बाँडेर गएको छ । झमक्क साँझ झर्दै गरेको त्यो परिवेश कुनै चिहानघारीको मन्द–आतंकभन्दा कमको थिएन । हामी त्यहाँबाट उकालो लाग्यौं । उकालोका स–साना बस्तीहरु सखाप थिए  । जमिन धाँजा–धाँजा बनेर फाटेको थियो । मानिसले बनाएका स–साना सरकारी पालका बासस्थानहरु मकैको जंगलमा बिलयमान थिए । तर, भूकम्पमा घाइते भएका स–साना नानीका रुवाइहरु र वृद्धवृद्धाका ऐय्या र आत्थुहरु भने मकैको अँध्यारो छिचोलेर हामीसम्मै आइपुग्थ्यो । हाम्रा आँखाहरुले देखेका भग्नावषेशमा रगतका टाटाहरु प्रशस्तै थिए । भग्नावशेषका डिलहरुमा कहीं भैंसीका कुहिएका टाउका, कहीं बाख्राका पाठाको आधा छोपिएको ‘लास’ र कहीं कुकुर–बिरालाको अस्थिपन्जर देखिन्थे, जो हाम्रो मुटुको धड्कन बढाउन यथेष्ट थिए । कहीं–कहीं व्यावसायिक ढंगले पालिएका कुखुराका खोर थिचिएर मरेका कुखुरामा रमाइरहेका कीराहरुकोे आतंक थियो । मानिसहरु त थिए तर चुपचाप, जीवन हराएको बस्तीमा जस्तै । मानिसको चहलपहल कम हुँदै गरेका कारण होला, स्यालहरुको आवाज टड्कारो बनिरहेको थियो । हामी गाविसमा पुग्नुअगावै स्थानीय पार्टीका कमरेडहरु बाटैमा भेटिए । ‘गोर्खाली अभिवादन’ र ‘हात मिलाइ’ ले हामीलाई गोरखाको युद्धकालीन पार्टीकै झ–झल्को दियो । गाविस कार्यालयमा पुग्दा मानिसको चहलपहल जिउँदो थियो । गाविस भवनको सय मिटर वरै सेनाको एक टुकडी चाइनिज पालमा तैनाथ थियो । सशस्त्र प्रहरी गाविसमा झरेका र झर्दै गरेका सामग्रीको सुरक्षामा तैनाथ थिए । मेस चलिरहेको थियो । मेसमा कोही ‘माथ्लो’ वा ‘तल्लो’ दर्जाका नागरिक भन्ने भेद थिएन, सबैलाई खान पाउने अधिकारको रक्षा गरिएको देख्दा लाग्थ्यो– मानिसहरु सामूहिकीकरण सिक्दैछन् । कुनै युद्धभूमिको कमान्डरजस्ता लाग्दथे गाविस सचिव । उनको फोनको घन्टी निरन्तर बजिरहेको थियो । हामीले गाविसको मेसमा खाना खायौं र चुर थकानका कारण तत्कालै निदायौं । सुतेको आधा घन्टा नबित्दै भूकम्पको जोडको घक्काले हामीलाई उठाइहाल्यो । फेरि सुत्यौं तर हल्का निद्रा । बिहानै उठ्दा गाविस भवनमा हामीबाहेक कोही पनि थिएन । त्यसपछि हामी लाग्यौं हाम्रो जिम्माको काम– हिमालयन उच्च माविको प्रांगणतर्फ । कुनै पनि खेतका आली सद्धे थिएनन्, स–साना पर्खाल पनि केटाकेटी रिसमा परे झैं भुइँदेखि नै लडेका थिए । बिजुलीको सम्पूर्ण तार जमिनमा थियो, बिजुली चाहिँ थिएन । सम्पूर्ण विद्यालय भग्नावशेषमा परिणत भएको थियो । विद्यार्थीका सर्टिफिकेट, एसएलसीका मार्कसिट हावामा फर्फराइरहेका थिए । स्कुलका हिसाबकिताब हिलोमा डुबुल्की मारेको अवस्थामा थिए । १९ कोठाको त्यो भव्य स्कुलको खण्डहर स्वरुप देख्दा विपदको अन्दाज गर्न मुस्किल थिएन ।
सशस्त्र प्रहरी गाविसमा झरेका र झर्दै गरेका सामग्रीको सुरक्षामा तैनाथ थिए । मेस चलिरहेको थियो । मेसमा कोही ‘माथ्लो’ वा ‘तल्लो’ दर्जाका नागरिक भन्ने भेद थिएन, सबैलाई खान पाउने अधिकारको रक्षा गरिएको देख्दा लाग्थ्यो– मानिसहरु सामूहिकीकरण सिक्दैछन् । कुनै युद्धभूमिको कमान्डरजस्ता लाग्दथे गाविस सचिव । उनको फोनको घन्टी निरन्तर बजिरहेको थियो । हामीले गाविसको मेसमा खाना खायौं र चुर थकानका कारण तत्कालै निदायौं । सुतेको आधा घन्टा नबित्दै भूकम्पको जोडको घक्काले हामीलाई उठाइहाल्यो । फेरि सुत्यौं तर हल्का निद्रा ।
हामीले काम सुरु गर्यौं केही नसोधी । भवनको अधिकांश भाग ढुंगाको छानाले छाइएको हुनाले त्यसलाई सफा गर्नु आफैंमा एक चुनौती थियो । बिहानभरिमा एक कोठाको छानाका ढुंगा निकालियो । त्यसपछि हामी खाना खान गाविसतर्फ लाग्यौं । खाना खाइसकेपछि केही विधिका कुराले हामीलाई चिमोट्यो । हामीले गरेको काम र त्यहाँ पाइएका सामग्री कसले बुझ्ने भन्ने प्रश्नले हामीलाई अलमल गराइदियो । स्कुलका प्रिन्सिपल र सञ्चालक समितिका सदस्यहरु विद्यालयप्रति गैरजिम्मेवार रहेको कुरा जनस्तरमै आलोचनाको विषय बन्यो । केही समयअगाडि विद्यालय प्रशासनले सेनाको उद्धार टोलीलाई फर्काएको विषयले गाउँलेलाई आक्रोशित बनाएको रहेछ । त्यसो भएको भए हामी अन्यत्रै काम गर्न जानु पर्दथ्यो । केही समय पछाडि सेनाका कमान्डर लेफ्टिनेन्ट रमेशबहादुर खत्री त्यहीं आइपुगे । उनले ६ सय विद्यार्थी पढ्ने विद्यालयप्रति विद्यालय प्रशासनले देखाएको गैरजिम्मेवारीपनाको खुलेर आलोचना गरे ।  पछि गाउँलेहरु आफैं विद्यालय प्रशासनको खोजीमा दौडिए  । केही समयको खोजपछि हेडमास्टर विद्यालयको प्रांगणमा हाजिर भए । सेनाका कमान्डरले हामीलाई बधाई दिँदै भने– ‘तपाईंहरुबाहेक अरु कोही आएको भए यो विद्यालयको काम हुने थिएन ।’ हामीले  दिनको बाह्र बजे फेरि काम सुरु गर्यौं । त्यहाँबाट गाविस भवन  पुग्न आधा घन्टा लाग्ने भएकाले हामीले त्यहीं बस्ने निर्णय गर्यौं । केही मानिसले हामीलाई त्यहाँ नबस्न सुझाव दिए । उनीहरुको भनाइ थियो– ‘विद्यालय बन्नुअगाडि त्यहाँ चिहानघारी  थियो र साँझ परेपछि तर्साउँछ ।’ हामी भने त्यो कुराले थप रोमाञ्चित थियौं । दिउँसोको गर्मीमा काला स्लेट ढुंगा तातेर छोइनसक्नुका हुन्थे । प्रत्येक ढुंगामा गाडिएका कीलाले हामीलाई थप अवरोध सिर्जना गरिरहन्थे । धरापमा चढेर काम गरिरहँदा आइरहने भूकम्पका धक्काका कारण हामी माथिबाट तल ओर्लन बाध्य हुन्थ्यौं । भोलिपल्ट धरापमा चढेर भग्नावशेष हटाइरहेका बेला भूकम्पको ठूलै धक्काले हामीलाई त्रसित बनायो । दरौंदीपारि कयौं पहिरा थिए, ती पहिराबाट ठूलठूला ढुंगा झर्दा दरौंदीको खोच धुलाम्य देखिन्थ्यो । सोही दिनको भूकम्पको धक्काले राहत बोकेर बारपाक गइरहेको एउटा बोलेरो जिपलाई माथीबाट अँठ्यायो । ड्राइभर घाइते भएकाले उनलाइ सदरमुकाम लगियो । मनहरु त्रसित थिए तर काममा कुनै अवरोध थिएन । हामी पुगेको दिनदेखि तीन–चार दिनसम्म लगभग चार बजेतिर वर्षा भइरह्यो । तर, हावा हाम्रा निम्ति वर्षाभन्दा ठूलो चुनौती बन्दथ्यो । हामीले स्याङजाबाटै लिएर  गएको पालले त्यहाँको हावालाई थेग्न सकेन । जमिनमा थर्कन् र आकाशमा गर्जन् अनि मान्छे उडाउने हावाका बीचमा स्थानीय पार्टीका केही साथीहरु हामीलाई काममा सघाउन आइरहन्थे । पहिलो र दोस्रो दिनसम्म देखापरेको त्यहाँका मानिसहरुको हामीप्रतिको बेपर्बाही तेस्रो–चौथो दिनदेखि फेरिन थाल्यो । साँझतिर कोही मोही, कोही तरकारी लिएर त कोही सञ्चो–बिसञ्चो सोध्न आउन थाले । त्यसपछि त हाम्रो किनमेल पनि बन्द भयो । साबुन किन्न गयो, पैसा नलिने; चिनी किन्न गयो, पैसो नलिने हुन थाल्यो । हामीले दुई दिनजति चिया पनि पिएनौं र साबुन लगाएर नुहाएनाैं पनि । पछि अप्ठ्यारो नमान्न सुझव दिँदै यसको प्रबन्ध गाविस आफैंले गर्यो । हामी गएको चौथो दिनपछि त्यहाँ सेनाको टुकडी पनि जोडियो । सेना र हामीबीच राम्रो तलमेल भए पनि खतरनाक कामको नेतृत्व हामीले नै गर्नु पर्दथ्यो । सेना भन्दथ्यो– ‘यदि कसैलाई केही भइहाले त्यसको उत्तर दिनु पर्दछ, खतरनाक भग्नावशेष हटाउन आवश्यक सामग्री पनि छैनन् त्यसकारण जोगिएर काम गर्नुको विकल्प छैन ।’
एक दिन एउटी बूढीआमा हामी बसेको ठाँउमा आइन् र भनिन्– ‘बाबु ! माओवादीहरु के खान्छन् हँ ?’ उनको मनमा उत्सुकता थियो । ‘किन र आमा ?’ हामीले सोध्यौं । उनको भनाइ थियो– यस्तो चर्को गर्मीमा यत्रो काम कसरी गर्न सकेका ? प्रलय नै थियो नि बाबु ! आमाले मजेत्रोमा पोको पारेर ल्याएका केही सिमी छाडेर गइन् । जेहोस्, हाम्रो कामको चर्चा थियो ।
अब हामी ‘रैथाने’ भइसकेका थियौं । साँझ परेपछि हाम्रो टिमले नाचगान गर्दथ्यो । मादल चाहिँ भग्नावशेष हटाउँदा पाइएको थियो । त्यसपछि गाउँका भाइबहिनीहरु नै हामीसँग गीत गाउन आउन थाले । एक दिन एउटी बूढीआमा हामी बसेको ठाँउमा आइन् र भनिन्– ‘बाबु ! माओवादीहरु के खान्छन् हँ ?’ उनको मनमा उत्सुकता थियो । ‘किन र आमा ?’ हामीले सोध्यौं । उनको भनाइ थियो– यस्तो चर्को गर्मीमा यत्रो काम कसरी गर्न सकेका ? प्रलय नै थियो नि बाबु ! आमाले मजेत्रोमा पोको पारेर ल्याएका केही सिमी छाडेर गइन् । जेहोस्, हाम्रो कामको चर्चा थियो । हामीले विद्यालय प्रशासनलाई भनेपछि कामको सातौं र आठौं दिन विद्यालयले स्थानीयलाई पनि परिचालन गर्यो । सेनाको टुकडी असाध्यै मीठो थियो, हामी चिया र खाजा सँगै खाने गर्दथ्यौं । सातौं दिनमा विद्यालयले भनेको हाम्रो काम पूरा भइसकेको थियो । हामीले १९ कोठे विद्यालय भवनको छाउने ढुंगा एकातिर, काठ एकातिर, बेन्च–डेस्क एकातिर, झ्याल–ढोका एकातिर र टिन एकातिर बनाएर पन्छाएका थियौं । विद्यालयले हामीलाई टेन्ट गाडीदिन भनेकाले केही साथीहरु त्यताको काममा लागियो । केहीले विद्यालयका निम्ति आवश्यक अफिस निर्माण गरियो । विद्यालयको अफिस निर्माण र हस्तान्तरणसहित त्यहाँबाट हामी नवौं दिन फिर्ता भयौं । हामी फर्किने बेलामा विद्यालय प्रशासन र केही युवामनले देखाएको हार्दिकताले हामीलाई राम्रैसँग पगाल्यो । हामी पुगेको ठाउँमा राहत पुगेकै देखियो । तर, राहतको एकद्वार नीति नहुँदा पहुँच हुनेले दुरुपयोग गर्ने सम्भावनातिर राज्यको ध्यान पुगेको छैन । केही विदेशीहरु यो समयको फाइदा उठाउँदै धर्मप्रचार र राज्यको सूचनासम्ममा पहुँच बनाउन क्रियाशील छन् । सबैभन्दा ठूलो कुरा– यो प्राकृतिक प्रकोपले मानिसलाई जाँगरविहीन बनाएको छ । मानिसहरु काममा छैनन्, सुसार नपाएर खेतबारी त्यसै बसेका छन् । मानिसहरु शोक बिर्सन तास, रक्सी र अन्य कुराको कुलतमा फस्ने सम्भावना बढ्दै गएको छ । एकै गाविसमा दर्जनौ हलगोरु मरेका हुनाले यसको प्रत्यक्ष असर खेतीका बेला पर्ने नै छ । मानिस आफ्नो घरक्षेत्र जतिसुकै खतरामा रहे पनि छाड्न तयार छैनन् । यसले फेरि अर्को विपत्ति ननिम्त्याउला भन्न सकिन्न । हामी बसमा चढ्न आउने बेलासम्म हामीलाई केही युवा र केटाकेटीले पछ्याएका थिए । तीमध्ये बस चढ्ने बेलामा एक बालकले हामीसँग गरेको कुराले हामीलाई मर्माहत बनायो । उनले सोधेका थिए– ‘अंकल ! अर्को भूकम्प कहिले आउँछ ?’ हामीले ‘किन र ?’ भन्नेबित्तिकै उनको सहज जवाफ थियो– ‘चाउचाउ बाँड्छ नि त !’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending