Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

विद्यालय रहर लाग्दो भएपनि विद्यार्थी आकर्षित भएनन्

पाल्पा । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्न सकेको छैन । उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई-तीन विद्यार्थी मात्र अध्ययन गर्दै आएका छन् । फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका भित्तामा अनुकरणीय नारा लेखिएका छन् । सफा र सुन्दर विद्यालयको विशेषता नै हो तर त्यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । उक्त विद्यालयकोे भौतिक संरचना लोभलाग्दा भए पनि र शिक्षकहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि विद्यार्थी बढाउन उनीहरुलाई हाम्मेहाम्मे भयो । कक्षा ५ सम्म १५ बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयमा अहिले कक्षा १ मा दुई, कक्षा २ मा चार, कक्षा ३ मा दुई, कक्षा ४ मा दुई, कक्षा ५ मा पाँच विद्यार्थी अध्ययनरत छन् । बाल कक्षामा भने ८ बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयका प्रअ धुव्र अधिकारी बताउँछन्। विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश दलित बस्ती छ । कक्षा १ देखि ५ कक्षासम्मको उक्त विद्यालयमा एक जुनुमाया बुढामगर मात्रै गैरदलित विद्यार्थी छिन् । सेवा र सुविधाको खोजीमा अधिकांश मानिस शहरमा बसाइँसराइ गरी गएपछि गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कमी हुँदै गएको हो । कक्षाकोठा, बेञ्च र पुस्तकालय निकै आकर्षित छन् । प्रअ अधिकारीे भन्छन्, “घर बिर्सेर विद्यालय बनाइयो, अहिले विद्यार्थी सङ्ख्या न्यून भयो ।” विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदा शिक्षक तथा अभिभावक चिन्तित छन् । उक्त गाउँपालिकाको प्राय सबै आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् ।सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार विद्यार्थी आकर्षक हुन नसक्दा प्रतिफल खेर जानाका साथै कहिलेकाहीँ एउटै विद्यार्थीलाई मात्र पढाउनुपर्ने बाध्यता समेत छ । विद्यार्थीलाई राम्रो बनाउन र गुणस्तर सुधारमा लाग्ने प्रअ अधिकारीको भनाइ छ । विद्यालयका शिक्षक खगेश्वर नेपालका अनुसार कम विद्यार्थी सङ्ख्यामा पठनपाठन गर्दा गृहकार्य गर्न सहज हुने भए पनि छड्के जाँच गर्न सहज हुँदैन । विसं २०४४ मा स्थापना भएको उक्त विद्यालयमा २०६१ सालमा कक्षा १ मा ९५ विद्यार्थी पुगेको शिक्षिका बिमला गौतम बताउँछन् । पन्ध्र विद्यार्थी पढाउनका उक्त विद्यालयमा लागि ३ शिक्षकको दरबन्दी छ । जस्मा एक राहत र एक बालशिक्षक पनि छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending