Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भत्काइएका घर टहराको छिटो मुआब्जा वितरण गर्न माग

बनेपा। बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन् । साँगाका ईश्वर मानन्धरले आफ्नो घर नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले भत्काएको हप्तौ बितिसक्दा पनि अहिलेसम्म मुआब्जा कहिले पाउने भन्ने नै थाहा पाउन नसकेको भन्दै आक्रोश पोखे । सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने भने पनि विसं २०२६ देखि सो स्थानमा घर बनाएर साना होटल सञ्चालन गर्दै आएका उनले हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाईन्छ भन्नेमा कुनै जानकारीसमेत नदिएको बताए । “घर भने पनि जग्गा भने पनि त्यही मात्र थियो, अहिले डेरामा बसिरहेका छौँ”, मानन्धरले भने, “सडक विस्तार गरेकामा खुशी छौँ तर हामीले अहिलेसम्म मुआब्जा पाइरहेका छैनौँ, नपाइकन सुकुम्बासी भएर बस्ने रु यो त भएन नि हामी कहाँ गएर बस्ने रु”, उनको प्रश्न थियो “नगर प्रमुख लक्ष्मीनरसिंह बादेले दशैँ अगाडि नभत्काउने र भत्काउनुभन्दा अगाडि नियमअनुसार मुआब्जा पाउनेको मुआब्जा वितरण गर्ने भनेका थिए, तर अगाडि नै भत्कायो”, मानन्धारले भने । बनेपा नगरपालिका–१४ का वडाध्यक्ष गौरी राउतले नक्सापासअनुसारको मुआब्जा पाउनुपर्ने व्यक्तिको विवरण सङ्कलन गरेर नगरपालिकामा पेश गरी त्यहाँबाट डिभिजन सडक कार्यालयमा पेश गर्ने काम अगाडि बढिसकेको बताए । डिभिजन सडक कार्र्यालयका इञ्जिनीयर गोपालप्रसाद खकुरेलले जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बनेको समितिले सबै कागजातसहितको विवरण सङ्कलन गरी पेश गरेपछि मात्रै त्यसका लागि प्रक्रिया अगाडि बढाइने बताए । दुई जिल्लाको सिमानामा रहेको सो ठाउँमा सडक मापदण्ड मिचेर बनाएका दर्जनौँ घर टहरा भत्काइएको छ । काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको नौ किलोमिटर सडक फराकिलो बनाउन अनाधिकृतरूपमा बनेका घर टहरा भत्काएर सडक फराकिलो बनाउने काम शुरु गरिएको हो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending