Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

राजनीतीमा पनि अनगिन्ति फेक आइडी

काठमाडौं । फेसबुक, टुइटरमा फेक आइडीमार्फत अपराधिक क्रियाकलाप हुनेगरेको तथ्य बाहिर आइरहेकै बखत जनमत बिनाका राजनीतिकर्मीहरुले पनि अनगन्ति फेक आइडी खोलेर बिरोधीको बेइज्जत गर्ने, कसैलाई हप्काउने र तर्साउने तथा आफ्ना गतिविधिहरु आफ्नै नक्कली आइडीहरुबाट अधिकतम सेयर गरेर जबर्जस्ती आफैंलाई पपुलर बनाउन प्रयास गरेको पाइएको छ । यस्तो हर्कत अपनाएर आफुलाई चर्चामा ल्याउन खोज्नेमध्ये आफुलाई राप्रपा प्रजातान्त्रिकका युवा नेता भनाउँने सगुन लावती अग्रपङ्तीमा रहेका छन् । मानीसहरुलाई कसरी आफुतिर आकर्षित गर्ने भन्ने राजनीतिक संस्कार नभएका लावतीले फेसबुकमा भिम बराल, समिर तुलाचन, ओम नेपाली, लामा राजु, सुरेन याक्थुम्वा लगायत विभिन्न नाममा नक्कली आइडी बनाएर आफ्ना विपक्षी एवं पार्टी भित्रकै आफ्ना कुरा नखानेहरुका विरुद्ध प्रयोग गर्ने तथा आफ्नो प्रचार व्यापक रुपले गर्ने गरेका छन् । निजले पक्राउ परिन्छ कि भनेर अरुले शंका गर्न थाले पुराना फेक आइ डी बन्द गर्दै नयाँ नयाँ नक्कली आइडी बनाएर गाली बेइजती गर्न र आप्mनो गुणगान गर्न प्रयोग गर्ने गरेका छन् । पञ्चायतका हस्ती मानीने उनका बुबा पद्मसुन्दर लावतीले जबर्जस्ती लतारेर राजनीतिमा डो¥याएका सगुन सुन्दरको राजनीतिक संस्कार भने शून्य रहेको उनकै पार्टीका समकक्षीहरु बताउँछन् । वरिष्ठ राजनीतिज्ञ पद्मसुन्दर लावतीको छोरा बाहेक उनको आफ्नो राजनीतिक परिचय खासै केही पनि छैन । बाबुको आडमा राजनीतिक प्लेटफर्म पाएपनि यसलाई जोगाएर राख्ने अथवा सहकर्मी, कार्यकर्ताहरुको मन जितेर आफुलाई स्थापित गर्नेतर्फ नलागी असंख्य नक्कली फेसबुक आइडीको प्रयोग मार्फत आफ्ना इतरकालाई गालि बेइज्जति गर्ने, तर्साउने र धम्क्याउने गर्ने गरेका छन् । फेक आइ डी हरु मार्फत सगुन लावतीले राप्रपाका अध्यक्ष कमल थापाको बढी बदनाम गर्ने प्रयास गर्दछन् । त्यस्तै आफनै जिल्लाका राप्रपाका नेता तेज कुरुम्बाङको पनि निकै नै गाली बेइजती गर्ने गरेका छन् । सगुन कतिसम्म तल गिरेर अरुको बेइज्जत गर्न लाग्छन् भने आप्mनै वडाका निर्वाचित अध्यक्षको पनि फेक आइ डी मार्फत नक्कली समाचार बनाएर बदनाम गर्ने प्रयास गर्दछन् । प्रजातन्त्रमा अरुको विरोध गर्न पाइन्छ, तर प्रष्टसँग समाजले देख्ने गरि गर्नु पर्दछ, बिशेष गरि साँचो रुपमा राजनीति गर्ने हो भने । फेक आइडी बनाएर अरुको गाली बेइजती गर्नु अपराध हो । प्रहरी र प्रशासनले यस्ता व्यक्तिलाई समयमै कारबाही नगरे यस्ता अपराधिक गतिविधी व्यापक हुन सक्छ । साथै उनी आफ्नै फेक आइ डी मार्फत एकोहोरो रुपमा आफ्नो प्रचार गराउँदछन र दलका नेताहरुलाई आफनो सर्मथकहरु भएको दावी गर्दछन् । सगुन लावतीको सर्मथक भनेका त उनले आफैंले चलाउने फेक आइडीहरु मात्र हुन् । यस्ता कृत्रिम कार्यलाई ‘राजनीति’ र यस्तो गराउनेलाई ‘नेता’ भन्नुपर्ने अवस्था आइसकेको राप्रपा प्रजातान्त्रिकका एक नेताले बताएका छन् । आफ्नै पार्टी अध्यक्ष पशुपति शम्सेर जवरासँग कुनै कुरामा चित्त बुझेन भने यिनै नक्कली फेसबुक आइडीमार्फत उनले विष वमन गर्ने गरेको तथ्यलाई समेत पार्टीको केन्द्रीय सचिबालयले सुक्ष्म अनुषन्धान गरिरहेको बताइएको छ । राप्रपा नामधारी तीनैवटा पार्टीको एकीकरणको चर्चा चलिरहेका बेला सगुन लावतीमार्फत सञ्चालित माथी उल्लेखित नक्कली आइडीहरु हेरेमा यो कुराको पुष्टि हुने राप्रपा प्रजातान्त्रिकका एक केन्द्रीय पदाधिकारीले बताएका छन् । सामाजिक सञ्जालहरुले समाजमा सम्बन्ध गाँस्न र समाचार संप्रेषण गर्नमा महत्वपर्ण योगदान गरेको छ तर अपराधिक सोच भएका व्यक्तिहरुले ती माध्यमको चरम दुरुपयोग पनि गरिरहेको छन । त्यस्ता अपराधि र अपराधिक गतिविधिहरुको समयमै निगरानी र नियन्त्रण गरिएन भने विकृतिहरु मौलाउने छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending