Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मुआब्जाले महाकाली पुल योजनाको काममा ढिलाइ

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने छ लेनको सडक निर्माण मुआब्जाका कारण ढिलाइ हँुदै गएको छ । महाकाली पुलसँगै निर्माण हुने पहुँचमार्गअन्तर्गत पर्ने सडक विस्तारका लागि जग्गा र घरको मुआब्जा वितरण प्रक्रियामा ढिलाइ हुँदा योजनाका काम अघि बढाउन कठिनाइ भएको हो । झण्डै १४ महीनाअघि शिलान्यास भएको पुल निर्माणको काम महाकाली नदीमा पानी नघटेकाले केही समय प्रभावित भएको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरले जनाएको छ । पुलसँगै भीमदत्तनगरपालिका–११, १२ र महाकाली नगरपालिका–१ मा घर र जग्गाको मुआब्जा वितरण कार्य पूर्णरुपमा सकिएको छैन । त्यसले गर्दा निर्माण कम्पनीले चाहेर पनि छ लेनको सडक विस्तार गर्न गाह्रो परेको छ । “महाकाली नदी वारी र पारी गरेर साढे १६ हेक्टर पुर्जा भएको जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्नुपर्नेछ”, महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले भन्नुभयो, “अहिलेसम्म जग्गाको मात्रै ८३ प्रतिशत मुआब्जा वितरण भइसकेको छ ।” उहाँले सडक विस्तारका क्रममा झण्डै ३.५६ हेक्टर ऐलानी जग्गा परिरहेको बताउनुभयो । “ऐलानी जग्गाको मुआब्जा दिन मन्त्रिपरिषद्कै निर्णय चाहिन्छ”, पुल योजना कार्यालयका प्रमुख भण्डारीले भन्नुभयो, “त्यसका लागि एक साताभित्रै जिल्ला प्रशासनबाट निर्णय गराएर ऐलानी मुआब्जाका लागि फाइल मन्त्रिपरिषद् पठाउने कुरो भएको छ ।” जिल्ला प्रशासनबाट ऐलानी र घरको मुआब्जाको विषय टुङ्ग्याउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । “योजनाको पहुँच मार्गअन्तर्गत दुवैतर्फ गरी ११३ परिवारलाई घरको मुआब्जा दिनुपर्ने छ”, भण्डारीले भन्नुभयो, “मुआब्जाका कारण पुलसँगै बन्ने सडक विस्तारमा केही समस्या आएको हो ।” हालसम्म रु ४६ करोड ३१ लाख जग्गाको मुआब्जा वितरण भइसकेको पुल योजना कार्यालयले जनाएको छ । “नदीमा पानी नघट्दा विभिन्न उपकरण सामान लैजान समस्या हुँदा मुख्य पुल निर्माण कार्य प्रभावित भयो”, पुल योजना कार्यालयका प्रमुख भण्डारीले भन्नुभयो, “पहुँचमार्गमा पर्ने अन्य दुई वटा पुल निर्माण भने धमाधम हुँदैछ ।” पुलसँगै भीमदत्तनगरपालिकामा छ किमी र महाकाली नगरपालिका (महाकाली नदी पारी) तर्फ डेढ गरी साढे सात किमी सडक निर्माण पुलसँगै ठेक्का सम्झौता भएको छ । “पहुँचमार्गअन्तर्गत हामीले गड्डाचौकी नहरमा बन्ने पुलको जग हालिसकेका छौँ”, भण्डारीले भन्नुभयो, “अहिले ऐरीमा ‘पायल’ खन्ने काम हुँदैछ ।” पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले जग्गा र घरको मुआब्जा वितरण कार्यले गर्दा पुल निर्माण ढिलाइ हँुदै गएको जानकारी दिनुभयो । “मुआब्जाको टुङ्गो नलाग्दा हामीले पहुँच मार्गमा ग्राभेल बिछ्याउनसमेत पाएनौँ”, इञ्जीनियर पाण्डेयले भन्नुभयो, “मुआब्जाका कारण सडकको केहीकेही भाग विस्तार गर्दै काम अगाडि बढाएका छौँ ।” उहाँले मुआब्जाको समस्या समाधान भए पहुँचमार्ग निर्माणमा ढिला नहुने बताउनुभयो । “मुआब्जाको समस्या सुल्झिएको भए हामी नदीमा पानी हुँदा सडक विस्तारमा लाग्थ्यौँ”, उहाँले भन्नुभयो, “मुआब्जाको विषय चाँडो टुङ्गो लगाए हामीलाई पनि तीव्र गतिमा काम गर्न सहज हुन्थ्यो ।” लामो समयदेखि महाकाली नदीको तटीय क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयवासीले आफूहरुलाई मुआब्जा दिनुपर्ने माग राख्दै आएका छन् । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा सो योजना निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending