Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

प्रधानमन्त्री ओलीले भने- कि त म मर्नुपथ्र्यो तर म मरिन

काठमाडौँ। “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले चुपचाप सहेको थिएँ । मेरो छनोट भएको भए तपाईं मलाई मूर्ख भन्न सक्नुहुन्थ्यो तर त्यो मेरो छनोट थिएन ।’’ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिने क्रममा न्यूयोर्कमा एशिया समाजको पोलिसी इन्स्टिच्युटले आयोजना गरेको अन्तरक्रियामा सो भनाइ राख्दा सबै ध्यान दिएर सुनिरहेका थिए ।  कार्यक्रमका सञ्चालक, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा समाजका प्रथम अध्यक्ष केभिन रडले ‘‘प्रजातन्त्रका लागि सङ्घर्षका क्रममा १४ वर्षको कारावास र त्यसका चार वर्ष एकल कोठरी वासलाई तपाईंले व्यक्तिगत रूपमा र आध्यात्मिक रूपमा कसरी सहनुभयो ?’’ भन्ने प्रश्न गरेका थिए । ‘‘मैले प्रजातन्त्रका लागि लडेको थिएँ । मैले प्रजातन्त्र मागेको थिएँ, कारावास होइन । मलाई समातियो र कारागारमा राखियो, त्यो मेरो छनोट थिएन । म बाँचेसम्म त्यहाँ बसेँ ।’’ उनले भने, ‘‘अवस्था पक्कै पनि सकारात्मक थिएन । अहिले कारागारमा अवस्था निकै फरक छ । अहिले प्रहरीले यातना दिन पाउँदैन । कारागारमा भोकै राख्न पाइँदैन तर डेढ महीना मलाई खाना नदिईकनै राखियो । मलाई निकै यातना दिइयो ।’’ ‘‘तर त्यस समयमा कराउने कोही थिएन । कसैले पनि प्रश्न गरेन । त्यो एउटा सामान्य कुरा थियो । म निरङ्कुशताको विरोधमा थिएँ । कसैले निरङ्कुशतन्त्रको विरोधमा सङ्घर्ष गथ्र्यो, आवाज उठाउँथ्यो भने उसले पीडा भोग्नै पथ्र्यो । यो साधारण कुरा थियो’’, त्यतिबेलाको यातना र पीडालाई सहज रुपमा लिँदै उनले भने । ‘‘कारागारको जीवन सम्झना गर्नयोग्य कुरा होइन । त्यो कठोर, दुःखदायी, यातनायुक्त थियो । मैले निरन्तर रूपमा सङ्घर्ष गरेँ । म झुकिन किनभने भविष्यको पुस्ताका लागि अवस्था परिवर्तन गर्नैपर्ने थियो । हामीले सबै कुरा सहनुपथ्र्यो र त्यो अवस्थालाई पुस्तौँ्पुस्ताले मैले जस्तै भोग्नुपर्ने अवस्था छोड्नु हुन्थेन । हामीले निरङ्कुशतन्त्र अन्त्य गर्नुपथ्र्यो ।’’ कार्यक्रममा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री रडको एउटा प्रश्नको भाव यस्तो थियो ‘‘वर्तमान राजनीतिक अवधिमा तपाईंहरूको गत चौथाइ शताब्दी निकै राम्रो छ । तपाईंहरू सन् १९९० मा प्रजातन्त्रमा फर्कनुभयो । तपाईंहरू सन् २०१५ मा नयाँ संविधान घोषणाको निकै यातनापूर्ण मार्गबाट अगाडि बढ्नुभयो । गत वर्ष निर्वाचन भयो । तपाईं नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट ६४ प्रतिशतको बहुमतले विजयी हुनुभयो । तपाईं संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुँदा ७८ प्रतिशत बहुमत तपाईंको समर्थनमा भएको मलाई भनियो । संसद्मा सरकारले कार्यक्रम प्रस्तुत गर्दा तपाईंलाई संसद्को शतप्रतिशत समर्थन थियो । मैले अष्ट्रेलियामा त्यो प्राप्त गर्न सकिन । किन ?’’ अन्तरक्रियामा प्रधानमन्त्री ओलीले इतिहासमा नेपाल सधैँ स्वतन्त्र मुलुक बनेको अवस्था उल्लेख गर्दै राणाशासन र अन्य निरङ्कुशतन्त्रका विरोधमा जनताले गरेका सङ्घर्ष, राजतन्त्रको अन्त्य, हतियारको व्यवस्थापन र संविधानसभामार्फत नयाँ संविधान र गणतन्त्रको स्थापनाका बारेमा जानकारी दिएका थिए । उनले माओवादीले मात्रै हतियार उठाएको नभई राणाशासनको विरोधमा कङ्ग्रेस पार्टीले पनि हतियार उठाएको तर हिंसाबाट समस्या समाधान गर्नु त्यतिबेला सबैभन्दा महत्वपूर्ण भएको बताउँदै अहिले राजनीतिक दलले हिंसाको नीतिलाई पूर्णतया छाडेको र कुनै एक समयमा उनीहरूले बन्दूकको गोलीबाट राजनीतिक शक्ति आउने कुरा बताए पनि अहिले उनीहरूले मतपत्रबाट यस्तो शक्ति आउने बताउन थालेको उल्लेख गरे । ‘‘नेपालका सबै ठूला राजनीतिक दलले कुनै न कुनै समय हतियार उठाएकै हुन् । पछिल्लो समयमा सबै एकै स्थानमा आएर गोलीले भन्दा जनताको मतले परिवर्तन र शान्ति स्थापना गर्न सकिन्छ भनेर उनीहरूले देखाए । नेपालको शान्ति प्रक्रिया मौलिक प्रकारको छ र यसलाई विश्वसामु प्रस्तुत गर्नुपर्छ ।’’ यसै भ्रमणक्रममा कोस्टारिकामा स्थापित राष्ट्र सङ्घ, शान्ति विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको थियो । उपाधि ग्रहण गरेपछि दिइएको ब्याख्यानमा प्रधानमन्त्री ओलीले ‘‘आधुनिक समयका धेरजसो खराबीको जरा मानव मस्तिष्कमा रहेको गहन चिन्तन गर्दा’’ देखिने बताए । ‘‘मानव मस्तिष्कमा देखिने हिंसाको प्रवत्तिले युद्ध र मानव दुर्घटना आरम्भ गराउँछ । केहीमा जन्मेका अधिक लालचले द्वन्द्व र भ्रष्टाचार आरम्भ गराउँछ । केहीलाई ढाकेको अज्ञानले असहिष्णुताको संस्कृति आरम्भ गराउँछ’’, उनले भने । ‘‘स्मरण, सिर्जनात्मक क्षमता तथा कल्पनाशक्ति मानव मस्तिष्कलाई अन्यभन्दा उत्कृष्ट बनाउने पक्ष हुन् । जनताको मस्तिष्कलाई शिक्षा दिँदा उनीहरूलाई राम्रो व्यक्ति बनाउँछ र नयाँ क्षितिज खोल्छ । शिक्षाले व्यक्तिलाई समृद्ध बनाउँछ । समृद्ध व्यक्तिले परिवारलाई समृद्ध बनाउँछ । समृद्ध परिवारले समाजको विकासमा सघाउँछ र समृद्ध समाजले मुलुकलाई समृद्ध बनाउँछ । समग्रमा मानवताको अभिरुचिका लागि विश्वस्तरमा मुलुकहरूबीच समझदारीलाई समृद्ध बनाउँछ’’, उनले थपे । प्रधानमन्त्री ओलीको तर्क थियो ‘‘युद्ध नहुनु नै शान्ति होइन । दबाइएको शान्ति, बाध्यकारी शान्ति र बाध्यकारी सहिष्णुपनाका रूपमा शान्तिलाई बुझ्नुहुन्न । यो व्यक्तिगत, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक व्यापक आयाममा बाँच्ने मस्तिष्कको अवस्था हो ।’’ उहाँले जनताको मस्तिष्कमा शान्तिका जग बसाउनुपर्नेमा जोड दिए । मुलुकका सन्दर्भमा उनको समग्र भनाइ थियो ‘‘नेपालका लागि सबै मित्र हुन् र कोही पनि शत्रु छैनन् । वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न निरन्तर क्रियाशील छ ।’’ रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending