Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

दशकअघि गठित युवा मन्त्रालयबारे युवालाई नै थाहा छैन

काठमाडौं । दशकअघि गठित युवा मन्त्रालयले हालसम्म ५ सय जनालाई युवा प्रतिभा र युवा उद्यमीको सम्मान दिइसकेको छ । ४७ युवा उद्यमीलाई शैक्षिक प्रमाणपत्रका आधारमा दुई लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । तथ्यांकअनुसार वार्षिक पाँच लाख युवा श्रमबजारमा उत्रिन्छन् । यो खबर आजको कान्तिपुरमा दैनिकमा छ– अधिकांश युवालाई भने युवा मन्त्रालय र त्यसका कार्यक्रमबारे थाहै छैन । ‘युवा मन्त्रालय छ भन्ने सुनेको छु तर हाम्रा निम्ति के गर्छ थाहा छैन,’ पाटन संयुक्त क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत युवा विरास राई भन्छन् । मन्त्रालयअन्तर्गत युवा परिषद् रहेको र त्यहाँ राजनीतिक कार्यकर्ताले नियुक्ति पाउने सुनेको उनले बताए । सिंहदरबार हातामा रहेको मन्त्रालयले ‘राष्ट्रिय युवा नीति–२०६६’ निर्माण गरेको छ । उक्त नीति परिमार्जनसहित २०७२ मा युवा परिषद् गठन भएको छ भने दस वर्षे ‘युथ भिजन–२०२५’ निर्माण गरिएको छ । तर, अन्तर मन्त्रालय समन्वय हुन नसक्दा युवा नीति र युथ भिजन कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय युवाका समस्या तत्काल समाधान गर्ने निकायभन्दा पनि सरकारी ‘जागिर खाने थलो’ मात्र बनेको युवा अधिकारकर्मी बताउँछन् । ‘मुख्य रूपमा पाँच बुँदे सारलाई लिएर हामीले युथ भिजन तयार गर्‍यौं,’ युथ भिजन निर्माण कार्यदलका सदस्य प्रदीप परियार भन्छन्, ‘नेपाली युवाको आशा जगाउन युवा परिषद् बन्यो ।’ युथ भिजनले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सीप विकास, सामाजिक सुरक्षा, सहभागिता, नेतृत्व विकास तथा खेलकुद र मनोरन्जनलाई प्राथमिकतामा राखेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending