Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

जन्मेको छ महिनासम्म तन्दुरुस्त मनोज छब्बीस वर्षदेखि ओछ्यानमै

कञ्चनपुर। जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान प¥यो ।” आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भने, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उनले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् । छिमेकीले वैद्य लगाएपछि रोग निको हुन्छ भनेपछि उहाँले छ महीना वैद्यद्वारा झारफुकसमेत गरे पनि रोग निको भएको छैन । शरीरको तल्लो भाग पुरै सुक्दै गएको छ, उनले भने, “हिँडडुल त परको कुरा बस्नसमेत नसक्ने भएको छ । सानै छँदा ओछ्यान परेपछि बोल्नसमेत सक्दैन ।” आर्थिक अवस्थाले भ्याएसम्म उनले काठमाडौँदेखि भारतको नयाँदिल्लीसम्म छोरालाई बोकेर चिकित्सकलाई देखाए पनि रोग निको भएन । दुई दशक काटेको छोरालाई शरीर नुहाउनेदेखि दिसापिसाबसमेत भक्तबहादुरले आफैं सफा गर्नुपरेको छ । चार छोरा र चार छोरीका बुवा भक्तबहादुरका मनोज सबैभन्दा कान्छा छोरा हुन् । छोराबुहारीले अहिले मनोजलाई ओछ्यानमा सुताउने, खाना खुवाउनेलगायतका काममा सहयोग पु¥याउँदै आएका छन् । कसैले पोलियो लागेको भन्छन् त कसैले प्यारालाइसिस भयो भन्छन् । रोग के लागेको हो यकिन छैन, रोग ठम्याउन नसक्दा उपचारसमेत हुन नपाएको उहाँले दुःखेसो पोखे । उनले भने, “उपचार खर्च पाए राम्रो अस्पतालमा जचाउन पाए रोग निको पो हुथ्यो कि । मनमा उपचार गराउन नपाउँदाको चिसो पसेको छ । त्यसलाई मेटाउन सकिएको छैन ।” “२६ वर्षदेखि ओछ्यानमै सुतेकै सुतेको छ । हामीजस्तै हिँडेको, कुरा गरेको देख्ने मन छ । कुन दैवले ठिक गरिदेला । अझै हिँड्छ, बोल्छ भन्ने आशा जीवितै छ”, उनले भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: