Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

विश्वका साहसिक शिकारका लागि खुल्यो ढोरपाटन शिकार आरक्ष

बाग्लुङ। विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो । पहिलो समय (असोज–मङ्सिर)का लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा रु १२ लाख पाँच हजार र एउटा झारलको रु नौ लाख २० हजार राजश्व विभागलाई बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट चार कम्पनीले शिकारी पठाउने जिम्मा पाएकामा हालसम्म तीन कम्पनीले विभागसँग सम्झौता गरी १० जना शिकारीलाई शिकारका लागि आरक्षमा पठाउन लागेको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले जानकारी दिए। विभागले बोलपत्र प्रक्रियामार्फत शिकार कम्पनी छनोट गरेर शिकार गराउने गर्दछ । बरालका अनुसार अहिलेको समयमा प्रतिनाउर शिकार गरेको रु दुई लाखदेखि १२ लाख पाँच हजार र प्रतिझारल शिकार गरेको रु एक लाखदेखि रु नौ लाख २० हजारमा बोलपत्र स्वीकृत भएको छ । विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका शिकारी आउने गर्दछन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यको रुपमा लिने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक वर्ष दुई पटक ९असोज–मङ्सिर० र ९माघ–वैशाख०मा विभिन्न शिकार एजेन्सीमार्फत ढोरपाटन शिकार आरक्षमा शिकार गर्नका लागि नाउर र झारलको कोटा निर्धारण गरी कोटाअनुसार विभिन्न ‘हन्टिङ एजेन्सी’मार्फत टेण्टर प्रक्रियाबाट शिकार गराउँदै आएको छ । पन्ध्र दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने पर्यटकले पानी पिउने बेला, साँझ, बिहान, खाने वस्तुको प्रयोग गरेर वा शारीरिक सम्पर्क भएका बेलाबाहेक अन्य समयमा आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भोले नाउर वा झारलको मात्र शिकार गर्न पाउनेछन् । भौगोलिक विकटताका कारण शिकारी हेलिकप्टर चार्टर गरेरै शिकार क्षेत्रमा आउने गरेको शिकारीसँगै खटिने आरक्षका सिनियर गेमस्काउट वीरबहादुर थापाले बताए । जङ्गली जनावरमध्ये नाउर र झारल चलाख हुने भएकाले पनि शिकार गर्न अति कठिन हुने गरेको शिकारी बताउँछन् । हतियार, गोली र क्यामेरा विदेशबाटै लिएर आउने शिकारीले हतियार र गोलीअनुसार अनुमति दिएपछि मात्र शिकार आरक्षमा प्रवेश गर्न पाउने कानूनी प्रावधान छ । स्कटल्याण्डबाट शिकार खेल्न आएका सिमरोन के वारले ढोरपाटनमा शिकार गर्न पाउनु गौरवको विषय भएको बताउछन् । धेरैले शिकार गर्न नसकी रित्तो हात फर्कनुपर्ने अवस्था रहन्छ । शिकार गर्न सफल शिकारीले नाउर वा झारलको टाउको आफ्नो मुलुकमा लैजान पाउनेछन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending