Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

स्वतन्त्रताका नाममा अश्लिलता झल्काउनु आपराधिक गतिविधि होः मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि रोक्न सरकार कठोर तरिकाले लाग्ने बताएका छन् । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला बहुमुखी क्याम्पसको वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै स्वतन्त्रताका नाममा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले हरसम्भव उपाय अबलम्बन गर्दै निर्ममसम्म हुने बताए । उनले भने, “स्वतन्त्रताका नाममा अश्लिलता झल्काउनु आपराधिक गतिविधि हो, यो कुनै प्रकारले स्वीकार्य हुन्न, यसविरुद्ध हामी कठोर हुन्छौँ ।” मन्त्री बाँस्कोटाले ‘लोकतन्त्र’ हो भन्दै स्वतन्त्रताका नाममा अश्लिल क्रियाकलाप दर्शाउनु समाज विखण्डनको कारक बन्ने भएकाले यसविरुद्ध लाग्दा लोकतन्त्र खतरामा पर्दैन भने । “आफैँले जन्माएकी छोरी घरभित्र असुरक्षित हुनेसम्मका अवस्था हुन थालेपछि सरकार निर्मम बन्नैपर्छ, यसकारण पनि इन्टरनेटका अश्लिल साइट बन्द गर्ने योजना बनाएका हौँ” उनले भने । मन्त्री बाँस्कोटाले नेपाली जनताले सरकारसँग आशा गर्ने मात्र होइन, प्रत्येकको हक हुने भएकाले जनताको मौलिक हकलाई संहितामा थपिएसँगै अब प्रयोगमा ल्याइने बताए । उनले सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन प्रतिबद्ध रहेको बताए । उनले भने, “विद्युत् उत्पादन, विमानस्थल, पानी जहाज, मोनो र मेट्रो रेल, विशेष आर्थिक क्षेत्रलगायतका योजनामध्ये केही विकासको चरणमा छन् भने केही शुरु भइसके, यिनीहरू एकै वर्षमा बन्दैनन्, समय लाग्छ ।” मन्त्री बाँस्कोटाले डिजिटल नेपालको योजनाअन्तर्गत क्रमैसँग सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रणालीमा लगिने बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending