Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

समाजसेवी शेरबहादुर गुरुङको धानखेत विद्यालयलाई प्रदान

पर्वत। पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीस्थित मणिगाउँका ९१ वर्षीय समाजसेवी शेरबहादुर गुरुङले आफ्नो ९१ औं जन्मदिनको अवसर पारेर दुई सामुदायिक विद्यालयलाई जग्गा प्रदान गरेका छन् । स्थानीय मदनआश्रित माध्यमिक विद्यालयलाई १५ रोपनी र फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी गरी २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको हो । तत्कालीन राजसभा स्थायी समितिका पूर्व सदस्यसमेत रहेका गुरुङले दुई विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न गराउन र बाँकी जमीनमा आयआर्जनका कार्यक्रम गरेर शैक्षिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले जग्गा सहयोग गरेको बताए । उनले लामो समय आफू गाउँमै बसेर समाजसेवामा लागेको र आफ्नै पहलमा स्थापना भएका विद्यालयलाई व्यक्तिगत जग्गा हस्तान्तरण गरेको बताए । उक्त जग्गाको लालपुर्जा गुरुङले गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा जग्गादाता गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै दिर्घायुको कामना समेत गरिएको थियो । गुरुङ दम्पतिका चार छोरा छन् । उहाँहरू कोही वैदेशिक रोजगार त कोही बुटबलमा व्यवसायमा संलग्न रहेका छन् । गुरुङ केही समय गाउँमा त केही समय बुटबलमा बस्दै आएका छन् । गुरुङले प्रदान गरेको जग्गाको मूल्य रु २५ लाख बराबरको छ । आफ्नो धानखेत, कोदोबारी र खरबारी जस्ता गाउँका महत्वपूर्ण जग्गा प्रदान गर्नुभएको मदनआश्रित माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर क्षेत्रीले जानकारी दिए । उनका केही जग्गामा विद्यालयका लागि भौतिक पूर्वाधार बनाउने र बाँकी जग्गा भाडामा दिएर विद्यालयको लागि आयआर्जन गरिने बताए । अहिले कक्षा १० सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालन गर्ने योजना रहेको छ । कक्षा १२ सम्म सञ्चालन भएपछि उक्त वडाका विद्यार्थी अध्ययन गर्नका लागि छिमेकी वडा नं ५ को लुङ्खुदेउराली जानुपर्ने बाध्यता हट्ने छ । जन्मदिनकै अवसरमा अर्जुनचौपारी गाउँपालिका वडा नं ५ आरुचौर स्याङजामा रहेको सर्वोदय माविमा रु ५३ हजारबराबरको कोष खडा गरेका छन् । हरेक वर्ष साहित्यसम्बन्धी प्रतियोगिता गर्ने र उत्कृष्ट हुनेलाई सोही अक्षयकोषको रकमबाट पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको हो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending