Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

९ महिने बालिका अपहरण प्रकरणः बालिकाको योनी सुन्निएको छ

कन्चनपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा दुव्र्यवहारमा परेकी बालिकाको मेडिकल रिपोर्ट अझै आउन सकेको छैन । घटनाको प्रकृति हेर्दा बलात्कार नदेखिएपनि बालिकाको संवेदनशील अंगमा के कति कारणले घाउ भयो भन्ने कुरा अझै खुल्न सकेको छैन । पुनर्वासका प्रहरी निरिक्षक कर्ण बमका अनुसार, यस्तो थियो घटना : राती एक बजे फोन आयो । एकजना बालिका हराएकी छ भन्ने सूचना पाएपछि म तत्कालै घटनामा पुगे । १ बजेर १५ मिनेटमा म उनको घर पुगिसकेको थिए । घटनाबारे बुझे । अनि खोजतलास गर्न निर्देशन दिए । घटना भएको गाउँ भारतीय सीमा नजिकै पर्ने भएकोले सीमाक्षेत्रमा पनि टोली खटाए ।  तर राती केही पत्तो लागेन । बिहान पनि हाम्रो खोजतलास जारी नै थियो । हामीले त्यो पुरै क्षेत्रमा सर्च गरिरहेका थियौं । बिहान ६ बजेर ४० मिनेटतिर घटना भएको घरबाट एक किलोमिटर टाढा धानको खेतको छेऊमा रुँदै गरेको अवस्थामा बालिका भेटिइन । यतिबेलासम्म जिल्लामा पनि खबर गरिसकेको थिएँ । बालिका रुँदै गरेको अवस्थामा थिइन । उनको शरीरमा कपडा थिएन । एउटा सानो चुन्नी (सल) उनको कमरमा थियो । हामीले भेटने बित्तिकै हजुरआमालाई दियौं । हजुरआमाको काखमा जाने बित्तिकै बालिका रुन छोडिन । पछि आमाको दूध पनि खाइन । हामीले त्यहीबीचमा प्रक्रिया नै पुरयाएर बालिकालाई उनको आमा र हजुरआमालाई जिम्मा लगाउने निर्णय गरेका थियौं । मेयर, उपमेयर र जिल्लाबाट पनि एसपी साब आउनु भयो । पत्रकार र महिला समूहलाई पनि बोलायौं । ८ बजेर ४० मिनेटमा हामीले परिवारको जिम्मा लगाएका थियौं । बालिकालाई उनको परिवारको जिम्मा लगाउँदा उनीमाथि यौन दुव्र्यवहार या बलात्कार या त्यस्तो केही भएको जस्तो देखिदैनथ्यो । एसपी साबले समेत परिवारलाई अब नआत्तिन भनेर सान्त्वना दिनुभयो । बालिकालाई । एकदुई रोटी बिस्कुट पनि चियासँग खुवाईएको थियो । हराएकी छोरी भेटिएकोमा सबै खुसी थिए । अरु केही पनि हुन सक्ला कि भन्नेतर्फ कसैको ध्यान थिएन । रातभरी नसुति चौतर्फी खोजी गरेर बालिका पत्ता लगाउन सकिएको थियो । प्रहरीले निकै उच्च सतर्कता र संवेदनशीलता अपनाएको थियो । जिल्लाबाट समेत साबहरु आएका थिए । सकुशल छोरीलाई परिवारको जिम्मा लगाएको बेलुकी ६ बजे परिवारका मानिसले फेरी हामीलाई सम्पर्क गरे । छोरीको संवेदनशील अङ्ग सुन्निएको छ, अलिकति खोस्रिएको पनि छ भने । हामी तत्कालै फेरी त्यहाँ गयौं । अनि केस फाराम भर्न लगायौं । उपचारका लागि निवेदन समेत लेख्न लगायौं र धनगढी रेफर गर्यौं । डाक्टरले यो नै हुनसक्छ भनेका छैनन् । गुदद्वारा र योनीको बीचको भागमा सुन्निएको छ । पछि समस्या पर्न सक्छ, त्यसैले त्यहाँ सामान्य छालाको अपरेशन गर्नुपर्छ भनेर कान्ति बाल अस्पतालमा रेफर गरेपछि अहिले बालिकालाई काठमाडौं लगिएको छ । म अहिले पनि गाउँमा नै छु । अपहरण गर्नेको खोजीमा छौं । अहिलेसम्म केही पत्ता लागेको छैन । अप्रेशन जारी राखेका छौं । हामीले “परिवारलाई बिहान केही देखिएको थिएन । बालिकालाई घरमा ल्याएपछिका सबै घटना” सोध्यौं । उनीहरुले दिएको जानकारी अनुसार, दिउँसोतिर उनीहरुले भेटिएकी बालिकालाई नुहाएर तेल लगाएका थिए । नुहाउँदा र तेल लगाउँदा खेरि केही देखिनुपर्ने हो । तर पछि मात्रै सुन्निएको देखिएको भने कान्छो सासुले भनेपछि अरुले नि थाहा पाएर हामीलाई खबर भएको रहेछ । यो घटनामा बलात्कार भएको भए यौनाङ्गमा थप क्षति हुनुपर्ने हो, त्यो देखिँदैन । बाहिरमात्रै सुजन छ । यो अब के कारणले भयो भन्ने कुरा अझै खुल्न सकेको छैन । भोलीसम्म मेडिकल रिपोर्ट आएपछि केही भन्न सकिने अवस्था छ । प्रहरीका तर्फबाट उच्च सतर्कता अपनाएका छौं । तर प्रहरीले मात्रै अपराधका घटना रोक्न सक्दैन । गाउँ टोलवासी पनि अपराध नियन्त्रण गर्न र सकारात्मक सोच भएको समाज निर्माण गर्न अघि सरे अपराधले जन्म लिन पाउँदैन । हामीले शान्ति सुरक्षा दिने कुरामा कुनै कमी राखेका छैनौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending