Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए। लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो ।” शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उनले खोला नागचेततिर फकिर्दा बस्तीमा क्षति पुगेको बताए । “तीन दिनदेखि लगातार पानी परेको थियो, साँझ गडगड आवाज आयो, के हो भनेर हेर्दा खोला पो रहेछ”, स्थानीय बहादुर गुरुङले भने । पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ । यता जिल्ला प्रहरी कार्यालय गोरखाले घट्टेखोलालाई पहिरोले छेकेर बस्तीमा खोला पसेको जनाएको छ । बस्तीमा खोला पसेपछि पाँच घरमा क्षति पुगेको जानकारी आएको भन्दै अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको र घटनास्थलतर्फ प्रहरी पठाइ सकिएको नेपालको भनाइ छ । एक्कासी बाढी बस्तीमा पसेपछि घरभित्रका लत्ताकपडा, खाद्यान्यलगायत कुनै पनि सामान बाहिर निकाल्न नपाएको पीडितले बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending