Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’ प्रयोग

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पु¥याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार (इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ । तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ । “मानवीय, भौतिक र कृषिजन्य वस्तुमा हात्तीले पु¥याउने क्षति कम गर्न विद्युतीय तारबार गर्ने तयारी गरेका छौंँ” नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भने । नगरपालिकाको रकमले मात्रै पूरै क्षेत्रमा विद्युतीय तारबार गर्न सम्भव नभएकाले प्रदेशसभा सदस्य लालबहादुर खड्कासँग यस विषयमा छलफल गर्दा उनले सहयोगको अश्वासन दिएको पनि नगर प्रमुख चन्दले जानकारी दिए । गतवर्ष मात्रै नगरपालिकाको रु १० लाखको लागतमा हात्तीको झुण्ड छिर्ने केही ठाउँमा विद्युतीय तारबार गरिएको थियो । गत शनिबार मात्रै हात्तीको झुण्डले नगरपालिका–१० अन्तर्गत पर्ने चथरी र नयाँ गाउँका एकदर्जन बढी किसानले लगाएका धानबालीमा खाएर र कुल्चेर नोक्सानी पु¥याएको थियो । तीन दिनदेखि लगातार नयाँ गाउँ र चथरीका किसानको खेतमा छिरेर हात्तीको झुण्डले नोक्सानी पर्याउँदै आएको वडा अध्यक्ष गणेश विकले बताए । मेहनत गरी लगाएको धानबाली हुर्कदै गएका बेला हात्तीले नोक्सानी पु¥याउन थालेपछि चिन्तित भएका स्थानीय किसान वर्षाको पर्वाह नगरी किसान रातभर तीनलाई भगाउन जाग्राम बस्ने गरेका छन् । पाँच वर्षयतादेखि लगातार भारतको दुधुवा नेशनल पार्कबाट निकुञ्ज हुँदै बस्तीमा छिर्ने हात्तीको झुण्डले धान र गहुँबालीमा नोक्सानी गर्दैआएकाले तीनलाई भगाउन स्थानीय प्रशासनले सुरक्षाकर्मीसमेत परिचालन गर्दै आएको छ । प्रदेश नं ७ का प्रदेशसभा सदस्य लालबहादुर खड्का, नगर प्रमुख चन्द र वडाध्यक्ष सहितको टोलीले शनिबार हात्तीले नोक्सानी पु¥याएको किसानको खेतको निरीक्षण समेत गरेका थिए । पचास परिवारको धानबालीमा नोक्सानी कञ्चनपुरको भीमदत्तनगरपालिका– ९ स्थित चुरे क्षेत्र भएर बग्ने तिलाते र गहुँताणी खोलाको बाढीले ५० बढी घरपरिवारको धानबालीमा बालुवा थुपारेर नोक्सानी पु¥याएको छ । वडाध्यक्ष राम नाथकाअनुसार तीन दिनअघि तिलाते खोलामा आएको बाढीले १५ र गहुँताणी खोलामा आएको बाढीले ले ३५ परिवारको धानबालीमा क्षति पु¥याएको थियो । बाढीले माटो, ग्राभेल ल्याएर धान रोपेको खेतमा थुपारेपछि किसानको मेहनत खेरगएको अध्यक्ष नाथले बताए । स्थानीयवासीको पाँच बिगाहा भन्दा बढी जमीनको धानबाली नोक्सान भएको कार्यबाहक नगर प्रमुख भीमबहादुर शाहुले बताए । निरीक्षणका क्रममा पाँच बिगाहा भन्दा बढी जमीनमा लगाएको धानबाली नोक्सान गरेकाले धान काम नलाग्ने भएको उनले जानकारी दिए । बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ । आफ्नो भएको एक बिघा जमीनमा लगाइएको धानबाली सखाप भएकाले परिवार पाल्न पनि कठिन हुने उनको गुनासो थियो । चुरे क्षेत्रमा अत्यधिक वर्षापछि ती दुबै खोलामा बाढी आएको थियो । विगतमा बाढीले समान्य क्षति हुँदै आएकोमा यसवर्ष ठूलो क्षति पु¥याएको हो ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies