Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

करलाई मिडियाले अनावश्यक प्रचार गर्योः योजनामन्त्री ढुङ्गेल

काठमाडौँ। स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको करको प्रणालीका तत्कालीन सवालहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिले करको दायरा बढेकाले अहिले सञ्चार माध्यममा करका विषयमा आएजस्तो समस्या नभएको प्रदेश नंं ३ का आर्थिक तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताए । उनले कर र सेवा दुवैलाई सन्तुलन गर्ने खालले कर स्थानीय तहले लगाएको प्रष्ट पारे । पहिले कर लिने गरेपनि अहिले स्थानीय तहले लिने करको दायरा बढेकाले बढी कर लिएको जनतालाई आभास भएको उनको भनाइ थियो । “अहिले स्थानीय तहले लिइरहेको कर बाहिर सञ्चार माध्यममा आएको जस्तो छैन”, उनले भने, “केही स्थानीय तहमा मात्र बढी कर लिएकाले समस्या देखिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहले एउटै कर जनतालाई तोक्ने भएकाले कर बढी लिएको जस्तो देखिएको हो ।” मन्त्री ढुङ्गेलले स्थानीय तहका जनप्रतिनिधिले घोषणापत्रमा उल्लेख भएअनुसारका मात्र कर लिन पाउने र कर धेरै उठाएर स्थानीय तह व्यवस्थापन हुन नसक्ने बताए । उनले आगामी तीन वर्षभित्रमा प्रदेशका सबै जिल्ला सदरमुकाम र नगरपालिकाभित्र कालोपत्र गरिने बताए । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव गोपीकृष्ण खनालले जनताको प्रत्यक्ष फाइदा पुग्ने कुरामा मात्र कर लगाउनुपर्ने बताए । सम्पत्ति करले प्रशासनिक कार्यमा खर्च गर्दा अहिलेको करमा विवाद आएको उनको भनाइ थियो । प्राकृतिक स्रोत साधानमा स्थानीय तहले कर लगाउँदा राज्यलाई नै नोक्सान भएको भन्दै प्राकृतिक स्रोतको बारेमा सङ्घले नै तीन तहलाई हेर्ने गरी छुट्टै कानून ल्याएर कर निर्धारण गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले स्थानीय तहलाई दिइएको अधिकारअनुसार नै कर लिएको भन्दै स्थानीय तहले पहिलो पटक करको अभ्यास गरेकाले केही प्राविधिक समस्या मात्र देखिएको बताए । उनले लामो समयसम्म स्थानीय तहमा करको पुनरावलोकन नभएकाले अहिले एक्कासी हुँदा कर बढेको जस्तो देखिएको बताए । “पर्याप्त छलफल नगरेका ठाउँमा करका बारेमा प्रश्न उठ्ने गरेका छन्” उनले भने, “एक/दुई स्थानीय तहबाहेक अरुमा करको विषयमा विवाद छैन ।” सो अवसरमा अर्थविद् शङ्कर शर्माले स्थानीय तहले सुविधा र आयआर्जन हुने वस्तुमा कर लगाउन नहुने बताए । उनले स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गर्दै जनताबाट उठाइने करसँगै सुविधा पनि दिनुपर्ने बताए । महासङ्घका महासचिव वंशलाल तामाङले कानूनमा रहेर कर लिएको तथा नयाँ नगरपालिकाले उठाएको करलाई सञ्चार माध्यममा अनावश्यक प्रचार गरिएको बताए । उनले जनतासँग छलफल गरेर नै कर लिइएको बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending