Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सभामुख महरासंग चिनियाँ प्रतिनिधिमण्डलेको भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ । भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाएको बताएका थिए । “नेपाल–चीन सम्बन्धको इतिहास आफैँमा निकै पुरानो छ”, उनले भने, “त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्दत पुगेको छ ।” सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारका तर्फबाट सहयोग गर्न आग्रह गरे । “नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग छ”, उनले भने, “नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ ।” नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपालमा कुनै पनि खालका चीन विरोधी गतिविधि नहुने बताए । नेपाल लामो राजनीतिक सङ्घर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ अघि बढिरहेको र सङ्घीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको छ भन्दै उनले सङ्घीय पद्धति र प्रक्रियाबारे लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्न चाहेको बताएका सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । भेटमा सचिव यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिका एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताए । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजना कार्यान्वयनको तहमा रहेको भन्दै उनले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिए । नेपालले लिएको ‘एक चीन नीति’को प्रशंसा गर्दै सचिव यिंग्जेले असल छिमेकीले निर्वाह गर्नुपर्ने भूमिका नेपालले पूरा गरिरहेको बताएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending