शिक्षा सकिदा सिप पनि सिक्ने वातावरण सामुदायिक विद्यालयबाटै शुरु गर्छौ: मन्त्री पोखरेल
भाद्र २१ गते, २०७५ बिहिवार 6th September, 2018 Thu१४:१६:१४ मा प्रकाशित
काठमाण्डौं।शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई प्राथमिकता दिएको बताएका छन् ।
पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाँइको नाममा स्थापना गरिएको पिपि प्रसार्इ फाउण्डेशनको आयोजना आज काठमाण्डौंमा भएको पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै उनले प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिएको बताए ।
हामीले यो बर्ष ९५ वटा सामुदायिक बिधालयलाई प्राविधिक शिक्षा पढाउने अनुमति दिएका छौ मन्त्री पोखरेलले भने, ‘निजि होइन अब सरकारी सामुदायिक बिधालयबाट नै प्राविधिक शिक्षालार्इ जोड दिनुपर्छ ।’
सिटिइभिटी लाइ नयाँ ढंगले अघि बढाउने योजना रहेको मन्त्री पोखरेलले बताए । सार्वजनिक शिक्षाको सुधारको लागी शिक्षकहरु र सिटिइभिटीसँग ठुलो अपेक्षा गरिएको बताउँदै उनले प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सकेमात्र देश विकास हुने बताए । उनले भने, ‘सार्वजनिक शिक्षालाई व्यवस्थित गरिनपुर्छ’, मन्त्री पोखरेलले भने, ‘अबका विद्यार्थीले विद्यालय शिक्षा सकिँदा केही न केही सिप सिकेको हुनपर्छ ।’
शिक्षाको विकासको निम्ति शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेपनि चर्चा कम हुने गरेको उनको भनाई छ । गुणस्तरीय शिक्षाका लागि शिक्षक सेवा आयोगबाट अहिले पारदर्शी ढंगले शिक्षक छनौटको काम भइरहेकोप्रति प्रशंसा गर्दै पोखरेलले शिक्षक कक्षा कोठामा रहेमात्र गुणात्मक शिक्षाको कुरा गर्न सकिनेमा जोड दिए ।
‘गुणात्मक शिक्षा नै अहिले शिक्षकहरुसँगको अपेक्षा हो’, उनले भने, ‘शिक्षकहरुको उचित ब्यवस्थापनको लागि दरबन्दी मिलान गर्न कार्यदल बनाएर काम गरिरहेका छौं ।’ अहिले थप २३ हजार शिक्षक आवश्यक रहेको पोखरेलले जानकारी दिए ।
प्राविधिक धाराको बिषय अध्यापनको लागी दक्ष शिक्षकको पनिबआवश्यकता रहेको औल्याउँदै मन्त्री पोखरेलले प्राविधिक धारामा प्रयोगशाला र प्रशिक्षकहरु निर्माणको लागी अझै धेरै मेहनत गर्नु आवश्यक रहेको बताए ।
शिक्षा क्षेत्रमा टिच फर नेपाल पिपि प्रसाइ फाउन्डेसन लगायतका सस्थाहरुले खेलेको भुमिका महत्त्वपूर्ण रहेको मन्त्री पोखरेलले उल्लेख गरे । कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट शिक्षकहरुलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिएको छ ।
शिक्षामन्त्री पोखरेलले म्याग्दीकी शिक्षीका थममाया पुनलाई पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार–२०७५ र पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई पी।पी। प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१८ द्वारा सम्मानित गर्नुभएको छ ।
यसैगरि हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ठ शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ठ शिक्षक पुरस्कार– २०७५’ यो वर्ष प्रदेश नं. १ बाट आर्दश मा.वि. झापाकी गिता ओझा, प्रदेश नं. २ बाट श्री जनता मा.वि. सोनमती गाढा ३ सिरहाका विरेन्द्र कुमार सिंह, प्रदेश नं. ३ बाट तिलिङ्गटार मा.वि. काठमाण्डौंका सरोज कुमार पाण्डेलार्इ प्रदान गरियो ।
यस्तै प्रदेश नं. ४ बाट भवानी माध्यामिक विद्यालय गोरखाका बलराम भण्डारी, प्रदेश नं. ५ बाट धम्बोझी मा.वि. बाँकेकी किरण पौडेल अचार्य, प्रदेश नं. ६ बाट श्री आदर्श माध्यामिक विद्यालय, जुफाल डोल्पाका पुर्ण बहादुर डांगी र प्रदेश नं। ७ बाट श्री देवास्थल मा.वि.के. आइ सिंह फलेडी, डोटीका रघुनाथ पाठकलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार सहित ५० हजार नगद र सात प्रदेशमा एक–एक जनालाई उत्कृष्ठ शिक्षक पुरस्कार सहित २५ हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।
साथै २०७४ सालदेखि विजयी शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि प्रदान गर्न सुरु गरिएको छ ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पी।पी। प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको आजकै दिन वि।सं २०५६ भदौ २० ९५ सेप्टेम्वर १९९९० मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: