Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

कार्यसम्पादनमा समस्या भएपछि स्थानीय तहमा सोचेअनुसार काम हुन सकेन

\"\"धनगढी। कैलालीका स्थानीय तह र विषयगत कार्यालयका प्रतिनिधिले कार्यसम्पादनमा नीतिगत लगायतका समस्या देखिँदा सोचेअनुसार काम हुन नसकेको बताएका छन् ।

स्थानीय तह र विषयगत कार्यालयको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा गोष्ठीका सहभागीले बदलिँदो परिवेशमा केही कार्यालय खारेजमा परेका र अन्य केही कार्यालय एकापसमा गाभिन पुगेका, साधान स्रोत जनशक्तिको अभावजस्ता कारणले अपेक्षित प्रतिफल पाउन नसकिएको बताएका छन् । गोष्ठीमा प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्थानीय तहले पाएको अधिकारको उचित व्यवस्थापन गर्दै आफ्ना काम कारबाहीलाई प्रभावकारी बनाउन सल्लाह दिए । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि र सहकारीमन्त्री बिनीता चौधरीले सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिए पनि जनताले त्यस्तो अधिकारको अनुभूति पाउन नसकेको उल्लेख गर्दै यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारबीच निरन्तर समन्वय जरुरी रहेको बताए । जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा, समन्वय समिति कार्यालयका निमित्त प्रमुख सन्तोष भट्ट, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, योगेन्द्र ओझालगायतले बदलिँदो परिवेशमा स्थानीय तहले पाएको अधिकार बमोजिम आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए । साविकका स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण भएपछि समीक्षा गोष्ठी पहिलो पटक गरिएको हो । दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा जिल्लाका १३ स्थानीय तहका कार्यालय र १९ विषयगत कार्यालयको आव २०७४/७५ को प्रगति र समस्याका बारेमा छलफल भइरहेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy