Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

समन्वयपछि भारतद्वारा निर्मित एकतर्फी सडक स्थगन

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्काल काम रोक्न आग्रह गरेपछि सो क्षेत्रमा सडक बनाउन रोकेको हो । केही महिनाअघि नेपाल–भारत संयुक्त सर्वे टोलीले ३ नं सीमा पिल्लर, ब्रह्मदेवस्थित महाकाली नदी बाँधको सिँढी रहेको स्थानलाई मान्ने सहमति गरेको थियो । स्थानीयले पनि बाँध चढ्ने उक्त सिँढीलाई नेपाल–भारत सीमा मान्दै आएका थिए । तर भारतीय पक्षले नदीको बाँधको फेदमा पनि टनकपुर ब्यारेजबाट करीब एक हजार ३०० मिटर सडक बनाउन थालेपछि सीमा विवाद बढेको थियो । टनकपुर ब्यारेजदेखि उत्तर करीब एक हजार मिटर दूरीमा सीमा मानिँदै आएको सिँढी पर्छ । तर भारतीयले एकतर्फी रुपमा नेपाली पक्षसित समन्वय नै नगरी सीमाभन्दा करीब ३०० मिटर नेपालतर्फ (ब्रह्मदेव बजारको पश्चिम) सडक विस्तार थालेको थियो । सीमाभन्दा करीब ५० मिटर वर बुधबार बिहान पनि भारतले सडक विस्तारका क्रममा पानीको निकासका लागि ह्विमपाइप राख्न खाँडल खनिरहेका बेला सशस्त्र प्रहरी गण ३५ नम्बर गण मझगाउँबाट खटिएको प्रहरीको टोलीले दुई देशबीच जिल्लास्तरमा काम रोक्ने सहमति भएको भन्दै निर्माण कार्य रोकेको थियो । गणबाट सशस्त्र प्रहरी निरीक्षक धनसिंह धामी नेतृत्वको टोलीले सडकमा बनाइएको खाँडलसमेत भारतीय पक्षलाई भर्न लगाएको थियो । सो क्षेत्रको सीमा विवाद नेपाल–भारत संयुक्त सर्वे टिमले मिलाएपछि मात्रै सीमा स्तम्भः राखेर निर्माण थालिने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ । भारतले ३ नं पिल्लर मानिँदै आएको धेरै वर नेपालतर्फ पनि आफ्नो भूमि दाबी गर्र्दै आएको छ । तर स्थानीय ब्रह्मदेववासी भने सीमा मानिएको सिँढीभन्दा धेरै परसम्म नेपाली भूमि रहेको बताउँछन् । विवादित क्षेत्रको मङ्गलबार स्थलगत अनुगमनपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लास्तरबाट समस्याको समाधान थालेका थिए । उनकै पहलमा संयुक्त सर्वे टिमले सीमा विवाद टुङ्गो लगाएपछि सडक निर्माण गर्ने सहमति भएको हो । “२०४०÷०४२ सालतिर ३ नं सीमा पिल्लर महाकाली नदीको बीचमा थियो, त्यो पिल्लरमा मै बसेर गोरु चराएको छु ।” गगनसिंह कार्कीले भने, “पिल्लर नहुँदा लामो समयदेखि यहाँ थिचोमिचो सहनु परेको छ ।”
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies