Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मन्त्रालयमा विदेश जाने कर्मचारीको विवरणनै हरायाे

काठमाडौँ। प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन । ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रुपमा आआफ्नो मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने भए पनि अहिलेसम्म कुनै मन्त्रालयले वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम राखेका छैनन् । सरकारले २०७२ सालमा पहिलो पटक र अहिले संशोधन गरेर नयाँ निर्देशिका ल्याएको छ । विसं २०७२ मा जारी भएको निर्देशिकामा नै वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोद कुँवरले निर्देशिकानुसार वैदेशिक भ्रमणमा जाने कर्मचारीको नाम नराख्ने मन्त्रालयको अनुगमन गरिने बताए । उनले निर्देशिकामा भएका कुरालाई कडाइका साथ लागू गरिने समेत बताए । निर्देशिकामा कर्मचारीका नाम, पद, जाने देश, गएको मिति आदि विवरण खुलाई वेबसाइटमा राख्नुपर्नेछ । मन्त्रिपरिषद् कार्यालयका उपसचिव विष्णु घिमिरेले सबै मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको नाम राख्ने निर्देशन दिएको बताए । उनले अहिलेसम्म गत आवमा करीब पाँच हजार कर्मचारी वैदेशिक भ्रमणमा गएको तथ्याङ्क आएको जानकारी दिए । “अझ धेरै गएको हुनसक्छन् । हामीले तथ्याङ्क सङ्कलन गर्दैछौँ”, उनले भने, “यो संख्या अझ बढ्न सक्छ ।” यसैगरी वैदेशिक भ्रमणमा गएका कर्मचारीको खर्च पनि केही मन्त्रालयले अहिलेसम्म बुझाएका छैनन् । भ्रमणमा गइसकेको कर्मचारीले गरेको खर्च विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्ने हुन्छ । “परिषद् कार्यालयले पटक पटक अनुरोध गर्दा मात्र केही मन्त्रालय मात्र खर्च विवरण बुझाएका छन्”, उनले भने, “नबुझाएका मन्त्रालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएका छौँ ।” प्रम कार्यालयद्वारा नाम सार्वजनिक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वैशाखयता १२ कर्मचारी वैदेशिक भ्रमणमा गएको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले मङ्गलबार मात्र ती कर्मचारीको विवरण वेबसाइटमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार विदेश जाने कर्मचारीमा मुख्य सचिव लोकदर्शन रेग्मी, सचिव केदारबहादुर अधिकारी, सहसचिव डा हरि पौडेल, उपसचिव कृष्णप्रसाद देवकोटा, विजय राना, विनोदकुमार दाहाल, लेखा अधिकृत देवराज पोखरेल, शाखा अधिकृताद्वय रीता रेग्मी र निराज शर्मा, नायब सुब्बा बदं्रीप्रकाश निरौला चीन, सहसचिव यमलाल भुसाल ब्राजिल र उपसचिव लक्ष्मीप्रसाद गौतम अष्ट्रिया रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आफूहरुले यसअघि वैदेशिक भ्रमणमा गएका कर्मचारी विवरण नराख्ने गरेको भए तापनि अब चाँडै राखिने बताए । वैदेशिक भ्रमणमा जाने कर्मचारी उपसचिवसम्मको स्वीकृति मन्त्रालयले, सहसचिवको स्वीकृति मन्त्री र सचिवको स्वीकृति मन्त्रिपरिषद् कार्यालयले गर्नुपर्ने हुन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending