Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एकीकृत सम्पत्तिमा कर लगाउदै सरकार

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पति कर लागू गरेको छ । नगरपालिकाको बैठकले करका दर रेट निर्धारण गरी एकीकृत सम्पति कर लागू गरेको हो । स्थानीय सरकार सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पति कर सम्बन्धी भएको व्यवस्थाअनुसार नगरपालिकाको अधिकार क्षेत्रभित्र कर लगाउन पाउने व्यवस्था अनुसार कर लागू गरिएको नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले बताए । “नगरपालिकाको क्षेत्रभित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूर्ण घर जग्गाको एकिकृत हिसाब गरी कर लगाइएको छ,” उनले भने । रु एक लाखसम्मको सम्पतिमा रु १०, रु एक लाखदेखि रु दुई लाखसम्मको सम्पतिमा रु २०, रु दुई लाखदेखि रु तीन लाखसम्मको सम्पतिमा रु ३०, रु तीन लाखदेखि रु चार लाखसम्मको सम्पतिमा रु ४०, रु चार लाखदेखि रु पाँच लाखसम्मको सम्पतिमा रु ५०, रु पाँच लाखदेखि रु १० लाखसम्मको सम्पतिमा रु एक सय ५०, रु दश लाखदेखि रु १५ लाखसम्मको सम्पतिमा रु दुई सय, रु १५ लाखदेखि रु २५ लाखसम्मको सम्पतिमा रु तीन सय, रु २५ लाखदेखि रु ३५ लाखसम्मको सम्पतिमा रु ६५०, रु ३५ लाखदेखि रु ५० लाखसम्मको सम्पतिमा रु आठ सय, रु ५० लाखदेखि रु ७५ लाखसम्मको सम्पतिमा रु एक हजार दर रेट निर्धारण गरिएको छ । रु ७५ लाखदेखि रु एक करोडसम्मको सम्पतिमा रु दुई हजार पाँच सय, रु एक करोड ५० लाखदेखि रु दुई करोडसम्मको सम्पतिमा रु चार हजार, रु दुई करोडदेखि रु तीन करोडसम्मको सम्पतिमा रु पाँच हजार पाँच सय, रु तीन करोडदेखि रु पाँच करोडसम्मको सम्पतिमा रु सात हजार, रु पाँच करोडदेखि रु १० करोडसम्मको सम्पतिमा रु १५ हजार, रु १० करोडदेखि रु २० करोडसम्मको सम्पतिमा रु २५ हजार र रु २० करोडभन्दा माथिको सम्पतिमा रु ५० हजार दर रेट निर्धारण गरिएको छ । सर्वदलीय समिति, मन्त्रालयको विज्ञ टोली र जनभावना अनुसार करको दर रेट निर्धारण गरिएको नगर प्रमुख ऐरले बताए । घर जग्गाको आकार प्रकार, बनौट, अचल सम्पतिको उत्पादनशील उपयोगको अवस्था, नागरिकको कर तिर्नसक्ने क्षमता, अचल सम्पतिको प्रचलित बजार मूल्य तथा ह्रास मूल्यलाई कर निर्धारणको आधार बनाइएको छ । बजार क्षेत्रमा रहेको एक तले पक्की घरको रु एक सय, दुई तलेको रु एक सय ५०, तीन तलेको रु दुई सय, चार तलेको रु दुई सय ५०, पाँच तलेको रु तीन सय, ग्रामीण क्षेत्रमा रहेको एक तले घरको रु ७५ तथा पाँच तले घरको रु दुई सय ७५ शुल्क निर्धारण गरिएको छ । कच्ची घरको रु ५० शुल्क तोकिएको छ । बजार क्षेत्रमा रहेका पसल प्रतिसटर रु दुई हजार पाँच सय भाडा तय गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी एकिकृत सम्पति कर र बिटौरी कर लागू गरिएको हो । भवन आचार संहिता विपरीत निर्माण भवन आचार संहिता लागू भएको चार वर्ष भइसक्दा पनि अझै महेन्द्रनगरका अधिकांश सरकारी कार्यालय आचार संहिता विपरित नक्सा पास नगरेर निर्माण गरिएका छन् । महेन्द्रनगरका अधिकांश सरकारी कार्यालयले नक्सा पास गरेका छैनन् । भीमदत्त नगरपालिकाका इञ्जिनियर गोरखबहादुर सिंह हालसम्म नेपाल टेलिकम र अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाहेक अन्य सरकारी कार्यालयले नक्सा पास नगरको बताउछन् । भवन आचारसंहिता लागू भएपछि महेन्द्रनगरमा रहेका धेरैजसो निजी तथा सरकारी कार्यालयले भवन तथा घरको नक्सा पास गर्नु अनिवार्य हुने बताइएको छ । सरकारले भवन आचारसंहिता आर्थिक वर्ष २०७१/७२ मा नै लागू गरेको हो । भीमदत्त नगरपालिकाभित्र हालसम्मको विवरण हेर्दा भवन आचारसंहिता लागू भएका तथा नक्सा पास भएका घरको विवरण अनुसार कूल एक हजार १७५ घरको मात्र नक्सा पास गरिएको छ । आव २०७१/७२ मा दुई सय तीन, आव २०७२/७३ मा ३११, आव २०७३/७४ मा २३ तथा आव २०७४/७५ मा ४५८ घरको नक्सा पास गरिएको छ । भवन आचारसंहिता ऐनले नक्सा पासका लागि विभिन्न मापदण्ड अनुरूप मूल्य निर्धारण गरेको छ । नगर विकास समितिको मुख्य बजार क्षेत्रमा प्रति वर्ग क्षेत्रफलमा घर निर्माणका लागि रु १० मूल्य निर्धारण गरिएको छ । नगर विकास समितिको आवासीय क्षेत्रमा रु ६, औद्योगिक क्षेत्रमा रु आठ, राजमार्गको दाँयाबायाँ रु सात, ब्रह्मदेव क्षेत्रमा रु ६ तथा अन्य क्षेत्रमा प्रति वर्ग क्षेत्रफलमा रु तीन निर्धारण गरिएको इञ्जिनियर सिंहले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies