एचआइभीबाट श्रीमानको मृत्यु भएपछि पीडा भोग्दै ५२ श्रीमतीहरु
श्रावण २१ गते, २०७५ सोमवार 6th August, 2018 Mon१७:०५:१३ मा प्रकाशित
दैलेख।दुर्गम पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका राकमकी धर्मा बडुवाललाई आफ्ना श्रीमान् एचआइभी संक्रमणले बितेको भन्ने कुरा बल्ल थाहा भयो । जब कामका लागि भारत गएका श्रीमान्लाई एचआइभी संक्रमणले सताएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।
श्रीमान्कै कारण आफू पनि एचआइभी संक्रमणमा परेर समस्यामा परेकी उनलाई छोराछोरीको लालनपालनमा समस्या छ । जेठी छोरीको बिहे भए पनि आफूसँग रहेको छोराको लालनपालनमा समस्या भएकाले बाख्रापालनजस्ता सजिलो व्यवसायमा स्थानीय सरकारले सहयोग गरे जीवन गुजारा गर्न सजिलो हुने उनी बताउछन्
बडुवाल मात्रै हैन एचआइभी संक्रमण भएर श्रीमान् गुमाएका करिब ५२ महिला राकममा छन् । अधिकारप्राप्ति र समाजमा गरिने भेदभाव विरुद्ध लड्न आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ । संगठित भएर आवाज अठाउन थालेपछि अहिले एआरटी औषधि राकम कर्णाली स्वास्थ्य केन्द्रबाटै उपलब्ध भएकाले उनीहरूलाई धेरै सजिलो भएको छ ।
औषधि सेवन गर्नकै लागि सुर्खेत र दैलेख सदरमुकाम धाउनुपर्ने विगतको समस्या अहिले समाधान भएको छ । औषधिसँगै संक्रमित महिलालाई पोषिलो आहार, स्थानीयस्तरमै रोजगारी र व्यवसाय प्रर्वद्धनलगायतमा स्थानीय सरकारले चासो बढाएको आठबीस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय जोड दिन्छन् । नगरपालिकाले पोषणमा सहयोग पुगोस् भनेर मासिक रु ५०० का दरले संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको छ ।
संक्रमित भनेर समाजमा हेला हुन थालेपछि आफूहरू संगठित भएको तुलसा माझी बताउछन्। ती सबै महिलाका श्रीमान् भारतमै रोजगारीका लागि गएका र एचआइभी संक्रमणले मृत्यु भएको माझीको भनाइ छ ।
जिल्लाको अधिकांश स्थानका बासिन्दा रोजगारीका लागि भारत जानुपर्ने बाध्यता पुरानै हो । अहिले स्थानीय सरकारललाई गाउँमै रोजगारी र एचआइभी संक्रमितलगायत थुप्रै समस्यामा परेका नागरिकको जीवनरक्षाबारे पनि चासो बढाउनुपर्ने दायित्व बढेको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: