Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

माओवादी र सुरक्षाकर्मीबीचकाे भिडन्तमा १५ माओवादी मारिए

छत्तीसगढ। भारत छत्तीसगढको सुकमा जिल्लामा सोमवार बिहान प्रहरी र भारतीय माओवादीका लडाकू बीच भएको मुठभेडमा १५ जना माओवादी मारिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बस्तरका आइजी विवेकानन्द सिन्हालाई उधृत गर्दै भिडन्तपछि अहिले सो क्षेत्रमा खोजी कार्य भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले कोन्टा र गोलापल्ली क्षेत्रमा सय भन्दा धेरै माओवादी जम्मा भएको सूचना पाएपछि सीआरपीएफ, स्पेशल टास्क फोर्स र डिस्ट्रिक्ट रिजर्व फोर्सको संयुक्त टोलीले सर्च अभियान शुरू गर्यो । उनीहरुको साथबाट हतियार ठूलो मात्रामा गोला–बारूद पनि बरामद भएको बताइएको छ । पाँच लाख इनाम दिएर एक जना महिला माओवादीलाई प्रहरीले पक्राउ गर्यो र त्यसपछि उक्त सर्च अभियानमा यो सफलता भारतीय सुरक्षाकर्मीलाई मिलेको बताइएको छ । यो वर्षमात्रै सो क्षेत्रमा तीनवटा ठूलो घट्ना भएका छन् । २ मार्चमा तेल्ङगाना प्रहरीको सहयोगमा छत्तीसगढको बीजापुरमा आधा दर्जन महिला कमाण्डरसहित १० जना माओवादी मारिएका थिए । २२ अप्रलिमा पूर्वी महाराष्ट्रको के गढचिरौली जिल्लामा भएको मुठभेडमा ३७ माओवादीको शव बरामद गरेको भारतीय प्रहरीले बताएको थियो । त्यसैगरी १९ जुलाईमा बीजापुरमै ८ जना माओवादी मारिएका थिए । जसमा माओवादीका शीर्ष नेतासमेत रहेका भारतीय अधिकारीहरुले दाबी गरेका थिए । छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले २ अगस्तमा माओवादी विरुद्धको कारबाहीलाई थप सशक्त पारिने बातएका थिए । मुख्यमन्त्री सिंहले त्यति बेला माओवादीहरुलाई ‘आत्मसमपर्ण गरेर राजनीतिक मुलधारमा आउन वा मर्नका लागि तयार रहन’ भनेका थिए । गएको ३ अगस्तमा दोरनापाल (सुकमा) मा माओावादीले एक वर्षभित्र आफ्ना २०६ नेता कार्यकर्ता मारिएका र त्यसमा ७२ जना महिला भएको स्वीकार गरेको थियो । दण्डकारण्यमा सबैभन्दा धेरै १५० जनाको मृत्यु भएको बताइएको छ ।रासस/ एएनआई
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies