सुलीकोट। गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आएका लेखनाथ न्यौपाने अन्तत: पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिएको छन् । ३६ वर्षे राजनीतिक यात्रापछि उहाँ प्रतिनिधि सभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएको हो । विद्यार्थी जीवनदेखि वैचारिक सङ्घर्षमा अभ्यस्त न्यौपानेका लागि यो अवसर केवल उम्मेदवारी मात्र होइन, दीर्घ राजनीतिक प्रतिबद्धताको सार्वजनिक मूल्याङ्कन पनि हो ।
वि।सं। २०३० चैत २८ गते गोरखाको सिरानचोक–३, हर्मीमा जन्मेका न्यौपानेले पालुङटारस्थित आँपपिपलको जनता माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेको हो । कक्षा ९ देखि नै विद्यार्थी राजनीतिमा संलग्न उनले क्याम्पस जीवनसँगै आफ्नो वैचारिक सक्रियतालाई थप परिपक्व बनाउँदै अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध भए। उनले महेन्द्ररत्न क्याम्पस ताहाचलको एकाइ अध्यक्ष, काठमाडौँ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै सङ्गठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेले।
न्यौपानेको राजनीतिक औपचारिकता वि.सं. २०४७ मा तत्कालीन नेकपा (एकता केन्द्र) को सदस्यताबाट सुरु भएको थियो । त्यसपछि नेकपा (माओवादी)का विभिन्न तह र जिम्मेवारीमा रहँदै उनले ललितपुर र मकवानपुर जिल्ला इन्चार्जको भूमिका निर्वाह गरे । पार्टी एकीकरणपछिको नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपाको केन्द्रीय सदस्यका रूपमा समेत उहाँले योगदान दिँदै आएको छ ।
राजनीतिक सङ्घर्षका क्रममा उनले २०५४ देखि २०५८ सालसम्म विभिन्न मुद्दा खेप्दै चार वर्ष जेल जीवन बिताए । रिहाइपछि पनि उनको 'टाउकोको मूल्य' तोकिएको समयले जीवनलाई थप जोखिमपूर्ण बनाएको थियो, यद्यपि उनले आफ्नो वैचारिक अडान त्यागेनन्। ५२ वर्षीय न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेको छन् । उनी बौद्धिक र आलोचनात्मक चेत भएका नेताका रूपमा चिनिन्छन् ।
हाल चुनावी प्रचारमा व्यस्त उनी मतदातालाई स्वतन्त्र र सचेत मतदानका लागि प्रेरित गर्ने अभियानमा लागेको छन् । पैसाको प्रलोभन र झुटा आश्वासनको राजनीतिविरुद्ध स्पष्ट आवाज उठाउँदै आएका न्यौपाने संसद् पुगेपछि दलगत ह्विपको सीमाबारे बहस चलाउने बताउछन्। राष्ट्रियता, परराष्ट्र नीति र जनजीविकासँग सम्बन्धित विषयमा स्वतन्त्र चिन्तनको पक्षमा उभिने उनको प्रतिबद्धता छ ।
यस पटकको निर्वाचन न्यौपानेका लागि केवल प्रतिस्पर्धा मात्र नभएर विचार र निष्ठाको परीक्षा बनेको छ । गोरखाली मतदाताले उनको दीर्घ सङ्घर्षलाई कस्तो जनादेश दिन्छन्, त्यो भने आगामी फागुन २१ गतेको नतिजाले तय गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...
बैशाख ३ गते, २०८३ - १४:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...
बैशाख ३ गते, २०८३ - १४:३४
काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...
बैशाख ३ गते, २०८३ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...
बैशाख ३ गते, २०८३ - १३:५७
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूका सभापतिहरूका लागि उम्मेदवारको नाम टुंग्याएको छ...
बैशाख ३ गते, २०८३ - १३:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतकहरू टुंग्याएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य ...
बैशाख ३ गते, २०८३ - १३:३२
काठमाडौं । संसदीय समितिका सभापतिहरूको उम्मेदवारीबारे रणनीति तय गर्न विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। बैठकमा नेपाली कांग्रेस, एमाले र नेकपा लग...
बैशाख ३ गते, २०८३ - १३:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिहरूका स...
बैशाख ३ गते, २०८३ - १३:१३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् । काठमाड...
बैशाख ३ गते, २०८३ - १३:०५
काठमाडौँ। अध्यागमन विभागले कुनै पनि नेपाली नागरिकलाई कानुनविपरीत शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति नरहेको स्पष्ट पारेको छ। संयुक्त...


प्रतिकृया लेख्नुहोस्: