Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

नेपाललाई सुधार चाहिएको छ, अबको पाँच वर्ष खेर फाल्दैनौं : गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुधारको स्पष्ट ग्यारेन्टीसहित आफूहरू अघि बढेको बताएका हुन्।

उनले अबको पाँच वर्ष संकल्प र योजनासहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विगत १०र१२ वर्षमा अपेक्षित विकास हुन नसकेको स्वीकार गरे। “नेपाललाई अहिले सुधार चाहिएको हो। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौं। संकल्प लिएर, योजना लिएर कुन दिन के गर्ने भन्ने स्पष्ट खाका बनाएका छौं,” उनले भने, “गएको १०/१२ वर्ष जसरी विकास हुनुपर्थ्यो, त्यो हुन सकेन। त्यसमा हाम्रो पनि हिस्सा छ, हामी स्वीकार्छौं। तर अबको पाँच वर्ष खेर फाल्दैनौं।”

सभापति थापाले देश सञ्चालनको वर्तमान शैलीप्रति विशेषगरी युवा पुस्तामा बढिरहेको असन्तोषलाई जायज ठहर गरे। उनले युवाहरूको गुनासो सुन्ने र सम्बोधन गर्ने दायित्व राजनीतिक दलहरूको भएको उल्लेख गरे।

देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने उनको भनाइ छ। “देश उत्तेजनाले मात्रै बदलिन्न, देश रिसले बदलिन्न। म असल, बाँकी सबै खराब भनेर देश बन्दैन,” उनले भने।

उनले देश निर्माणका लागि सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको धारणा राखे। विचार फरक भए पनि राष्ट्रिय हितका विषयमा एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले सबै दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता भएको बताए।

देश बनाउन नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायत सबै दलको भूमिका आवश्यक रहेको उल्लेख गर्दै थापाले सबैलाई मिलाएर अघि बढ्ने भूमिका नेपाली कांग्रेसले निर्वाह गर्ने दाबी गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...

ट्रकको ठक्करबाट घाइते भएका प्रहरी इन्स्पेक्टर लामाको निधन

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...

२९ वैशाखभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...

मनाङमा ट्रक दुर्घटना: चालकको मृत्य

लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending