Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

दाइजो प्रथा अन्त्यका लागि विशेष अभियान चलाउदै सरकार

\"\"लहान। तराई–मधेशका जिल्लामा सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथा अन्त्यका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । समग्र विकास सेवा केन्द्रले आज सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको दाइजो प्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा सहभागीले परम्परागत सोच र देखासिकीका कारण बढ्दो दाइजो प्रथाले गर्दा कतिपय महिलाले ज्यान गुमाउनु परेकाले यसलाई अन्त्य गर्न सरकारले विशेष अभियान नै चलाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्णले अशिक्षित र गरीबभन्दा पनि पढेलेखेका र धनी परिवारमा दाइजो प्रथा व्याप्त रहेको उल्लेख र्गदै त्यसलाई न्यूनीकरण गर्न सरकारले विशेष अभियान ल्याउनुपर्नेमा जोड दिए । पितृसतात्मक सोचका कारण अझै महिला दाइजोको निहुँमा हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्दे उनले ले प्रदेशसभाले महिलाको पक्षमा कानून निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिए । कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले दाइजो प्रथाका कारण थुप्रै महिलाले घरेलु हिंसा भोग्नुपरेकाले यसलाई नियन्त्रण गर्न स्थानीय तहले पनि पहल गर्ने बताए । सो अवसरमा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका–३ का वडाध्यक्ष सत्यनारायण साह, महिला नेत्री सरस्वती चौधरी, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रमेश दाहाललगायतले दाइजो नल्याएकै कारण ज्यान गुमाउनु पर्ने सामाजिक परिस्थिति बन्नु निकै गम्भीर कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending