Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित, कुन सांसद कुन समितिमा परे ?

काठमाडौँ। राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो । दिगो विकास तथा सुशासन समितिमा इन्दु कडरिया, कमलाकुमारी वली, कविता बोगटी, कालीबहादुर मल्ल, खिमकुमार विक, चक्रप्रसाद स्नेही, दीनानाथ शर्मा, प्रमिलाकुमारी, भैरवकुमार श्रेष्ठ, महेशकुमार महरा, मुक्ताकुमारी यादव, रमेशजंग रायमाझी, डा विमला राई र सरिता प्रसाईं रहनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समितिमा अनिता देवकोटा, उदया शर्मा पौडेल, जीतेन्द्रनारायण देव, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपार्इं, परशुराम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे, मीना बुढा, युटोल तामाङ, रामलखन चमार, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा र हरिचरण शिवाकोटी सदस्य छन् । प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद बान्तवा, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, नरपति लुवार, नैनकला ओझा, बलरामप्रसाद बाँस्कोटा, राधेश्याम अधिकारी, रामनारायण बिंडारी, विन्दादेवी आले राना, विना पोखरेल, शान्तिकुमारी अधिकारी, सुमनराज प्याकुरेल र हरिराम चौधरी चयन भएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भने कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, तारादेवी भट्ट, दीपा गुरुङ, दिलकुमारी रावल, धनकुमारी खतिवडा, प्रकाश पन्थ, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रीत पासवान र सुरेन्द्रराज पाण्डे रहेका छन्। राष्ट्रियसभाको अर्को बैठक यही साउन २१ गते बिहान ११ बजे बस्नेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending