Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

अब सुत्केरी भैँसीलाई तीन हजार भत्ता

म्याग्दी। मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ । यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएको हो । कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न रु १५ हजारका दरले अनुदान पाएका छन् । मंगला गाउँपालिका– ४ मा बुकेनी व्यावसायिकउन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैँचो कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत दुई वर्षअघि कुहुँको पैँयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ । पचास जना आबद्ध समितिअन्तर्गत १०/१० जनाका दरले पाँच वटा समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि रु १५ हजारका दरले उपलब्ध गराइएको छ । बोका ढुवानीमा थप रु १० हजार अनुदान पाएका छन् । प्रतिकृषक तीन वटाका दरले बाख्रा खरिद गर्न रु नौ हजारका दरले चार लाख ५० हजार वितरण गरिएको छ । सो रकम कृषकलाई दुई वर्षपछि फिर्ता गरेपछि अर्को समितिलाई वितरण गर्ने प्रक्रिया रहेको खड्काले जानकारी दिनुभयो । खोर मर्मतका लागि थप रु पाँच हजारका दरले रु दुई लाख पाँच हजार वितरण गरिएको छ । व्यावसायिक हितकोष स्थापना म्याग्दी उद्योग वाणिज्य संघले व्यावसायिक हितकोष स्थापना गरेको छ । रु ३० लाख कोषको ब्याजबाट उद्योग व्यवसायमा प्राकृतिक विपद्बाट क्षति पुग्दा, व्यवसायी र परिवारका सदस्यको देहावसन हुँदा सहयोग गर्ने व्यवस्था मिलाइने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित व्यवसायीलाई क्षतिको अवस्थाअनुसार रु ५० हजारसम्म राहत उपलब्ध गराउने निर्णय भएको संघका महासचिव लीलाराम गौतमले जानकारी दिए । व्यवसायीको मृत्यु भएमा रु ७५ हजार र परिवारका सदस्यको मृत्यु भएको अवस्थामा रु २५ हजार सहयोग गरिने भएको छ । महासचिव गौतमका अनुसार कोषमा आर्थिक स्रोत जुटाउनका लागि प्रतिसदस्य एकपटक रु दुई हजार मात्र शुल्क संकलन गरिने भएको छ । आपत्विपद्मा परेका व्यवसायीलाई व्यवसायलाई निरन्तरता दिन सहयोग, संघप्रति साहनुभूति र अपनत्व स्थापित गराउने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष उत्तम कर्माचार्यले बताए। आगामी भदौ १६ गते पच्चीसाँै साधारणसभा गर्ने मिति तय गरेको संघले साउन महिनाभित्र बेनीमा आन्तरिक राजश्व कार्यालय पोखराको घुम्ती टोली बोलाएर बेनीमा कर तिर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । सोही अवसरमा करीब एक हजार व्यवसायीलाई हितकोषमा आबद्ध बनाउने संघको योजना छ । संघमा एक हजार ६८० जना उद्योग र व्यवसायी आबद्ध छन् । हितकोषको सुविधा लिनका लागि शुल्क तिरेर सदस्य बन्नुपर्नेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies