Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

पर्याप्त वर्षा नहुँदा सप्तरीका किसान समस्यामा

सप्तरी। पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ । असार १५ गतेबाट धान रोपाइँ शुरु भए पनि आकासेपानी नपरेपछि जिल्लामा उत्साहजनक रुपमा धान रोपाइँ हुनसकेको थिएन । रोपाइँ भएका धान पनि सुक्न थालेपछि अहिले सिँचाइका लागि नहरमा पानी छाडिएको छ । कोशीपम्प चन्द्रनहर सिंचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा पम्पनहर प्रणाली, वितरण नहर प्रणाली र चन्द्रनहर प्रणालीअन्तर्गतका नहर तथा उपनहरमा पानी छोडिएपछि अहिले जिल्लाका किसान धान रोपाइँमा व्यस्त भएको डिभिजन प्रमुख प्रशुन मिश्राले जानकारी दिए । सप्तरीमा ७० हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको छ । तीमध्ये ३५ हजार हेक्टर जमीनमा चन्द्र नहरको तीनवटै प्रणालीबाट सिँचाइ सुविधा प्राप्त भइरहेको छ । गत साउनको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त एवं कटानमा परेका नेपालको सबैभन्दा पुरानो चन्द्रनहर सिँचाइ प्रणाली(आयोजना) को मर्मतसम्भार भएपछि त्यसमा पानी छोडिएको छ । मर्मत सम्भारका लागि रु २० करोड खर्च भएको आयोजनाले जनाएको छ । तर विद्युत्को अनियमितताका कारण पम्प सञ्चालन गर्न नपाउँदा पानी छाड्न समस्या भइरहेको प्रमुख मिश्राको गुनासो छ । सो तीन प्रणालीले नेपाल विद्युत् प्राधिकरण राजविराजलाई विद्युत् प्रयोगबापत वार्षिक रु एक करोड भुक्तानी गरेको बताइएको छ । गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी रु ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसका कारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको ,लाइनिङ टुटफूट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । कार्यालयका अनुसार चन्द्रनहर प्रणालीबाट १० हजार ५०० हेक्टर जमीन, पम्प नहर प्रणालीबाट १३ हजार हेक्टर जमीन र वितरण नहर प्रणालीबाट ११ हजार हेक्टर गरी कूल ३४ हजार ५०० हेक्टर जमीनमा सिँचाइ हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार वर्षात्को पानी नहुँदा किसानले नहर र बोरिङबाट धानको रोपाइँ गरिरहेका छन् । सप्तरीमा अहिलेसम्म २५ प्रतिशत धान रोपाइँ भएको अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies