Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पहिरो गएपछि सडक भासियो

\"\"म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षात्पछि सोमबार दिउँसो जमीन धाँजा फाटेर पहिरो जाँदा करीब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमीन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारीसाधन चल्न नसक्ने भएको दग्नामका वडाध्यक्ष एकबहादुर गर्बुजाले बताए । पहिरो जाने क्रम नरोकिएकाले सडक भासिनेक्रम जारी छ । मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडाध्यक्ष गर्बुजाले बताए । वैकल्पिक घोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिले आज श्रमदानको आह्वान गरेका छन् । सडक भासिँदा दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगलेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । सो स्थानमा विगत तीनचार वर्ष अघिदेखि जमीन धाँजा फाटेर पहिरो जाने समस्या थियो । सडक खनेपछि पहिरो जाने र जमीन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन् । पहिरो प्रभावित क्षेत्रको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, प्रजिअ लिलाधर अधिकारी, उपाध्यक्ष कमला तिलीजालगायत जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको छ । निरन्तर पहिरो बगिरहेकाले उच्च जोखिम भएको ठहर गर्दै पैदलबाट समेत आवतजावत बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था मिलाउने तयारी भएको पहिरो प्रभावित स्थलमा पुगेर फर्कनुभएका रघुगंगा गाउँ कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रिम कटुवालले बताए । शिखको घट्टे खोलामा पुल यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो आरसीसी ढलान गरेको पुल निर्माण गरेका हुन् । पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलबहादुर राम्जालीले बताए । यसबाट करीब २०० घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको क्लबका तुलबहादुर गर्बुजाले बताए । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गले समेटेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies