जाजरकोट । भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो । केही दिनअघि परेको झरीले जिल्लाका दर्जनभन्दा बढी सडक बन्द भइसकेका छन् । तर ती सडकमा गएको पहिरो सडक डिभिजनले नहटाएपछि भेरी नगरपालिका आफैँले पहिरो हटाउन थालेको छ । यद्यपि नगरसँग पर्याप्त बजेट नहुँदा समस्या देखिएको छ । छिन्चु जाजरकोट सडकको शान्तिचौतारास्थित खहरे खोलामा पटकपटक माथिबाट आएको पहिरोले बाटो अवरुद्ध हुन थालेको र सदरमुकामभित्रै दर्जनभन्दा बढी ठाउँमा सडकको तल–माथिबाट पहिरो गएपछि बाटो सञ्चालन गराउन नगरपालिकालाई निकै सकस परेको नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । छिन्चु–जाजरकोट सडकको खहरे खोलामा आएको पहिरोले छ घण्टा अवरुद्ध भएको सडक आइतबार बिहान नगरपालिकाले खुलाएको छ । नगरपालिकाले विपद् व्यवस्थापनमा चालू आवमा रु १३ लाख मात्र छुट्याएको थियो तर खर्च नै रु २० लाखभन्दा बढी भइसकेको छ । धेरै पहिरो गएर बाटो अवरुद्ध हुन थालेपछि नगरपालिका आफैँले इन्धन हाल्ने गरी मासिक रु दुई लाख ४० हजारमा जेसिभी (डोजर) भाडामा लिएको छ । “बर्खाका बेला ग्रामीण भेगमा नभए पनि सदरमुकाम आसपास र छिन्चु–जाजरकोट सडक सञ्चालन गराउन चाहन्छौँ तर बजेट अभावले समस्या परेको छ”, नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भन्नुभयो, “ग्रामीण भेगका सहायक सडकमा गएको पहिरो हटाउने जिम्मा नगरको भएको तर ठूला सडकको पहिरो हटाउने जिम्मा सडक डिभिजनको भए पनि सबै काम नगरले नै गर्नुपरेको छ ।” छिन्चु जाजरकोट सडकमा पहिरो गए सफा गर्न रुकुमको चौरजहारीमा रहेको सडक डिभिजनलाई बारम्बार आग्रह गर्दा पनि नटेरेको नगरप्रमुख घर्तीको भनाइ छ । नगरभित्रका सडकमा गएको ठूलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । शनिबार राति खलङ्गाको शान्तिचौतारास्थित ट्राफिक प्रहरी कार्यालय नजिक माथिबाट आएको पहिरोले एक ट्र्याक्टर पुरेको छ । चालक भागेर ज्यान जोगाएका थिए । उक्त पहिरो पनि नगरपालिकाको भाडामा लिएको जेसिभीले सञ्चालन गराएको छ । त्यस्तै शुक्रबार राति आएको पहिरोले नलगाड–८ मा २८ रोपनी खेतमा लगाएको धानबाली पुरिदिएको छ । पहिरोले छेप्का कैन, कालीमाटी लहाँ, खलंगा पाँचकाटिया, दशेरा सुयाडा, भुर स्याउली, जगतिपुर छिपे्रनालगायत दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर, ती सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका छैनन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: