आषाढ़ २३ गते, २०७५ शनिवार 7th July, 2018 Sat१०:०४:२२ मा प्रकाशित
गौशाला ।महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफैंले चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । गए राति ८ः३० बजे मनरासिस्वाँ–६ बस्ने विनोद साहको ज१त ४३२८ नंको ट्र्याक्टरले खेत जोतेर घर फर्किरहेका अवस्थामा मनरासिस्वाँ–६ मै पर्ने वनमा ट्र्याक्टर अचानक अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चलाउने चालक मण्डलको सोही ट्र्याक्टरमा चेपिएर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याई प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएकामा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: