Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

रोकिएन मुग्लिन सडकमा पहिरो, वैकल्पिक बाटो रोज्न आग्रह

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिँदैन । जसका कारण घण्टौँ सडकमा खतरा व्यहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनु परेको छ । नारायणगढबाट मुग्लिनसम्मको दूरी ३६ घण्टाको समय लाग्ने गर्छ । तर पहिरोका कारण सडक अवरुद्ध हुँदा लामो समयसम्म सडकमा अलपत्र पर्नुपर्ने अवस्था रहेको छ । पश्चिम नेपालबाट काठमाडौँ जान आउने सवारीका साधन बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा हुँदै मुग्लिन निस्किएर काठमाडौँ जान सक्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । बुटवलबाट नारायणगढ हुँदै मुग्लिनसम्मको दूरी १५० किलोमिटर हो भने बुटवलबाट पोखरा हुँदै मुग्लिनको दूरी २३३ किलोमिटर पर्छ । ८३ किलोमिटर लामो यात्रा गर्नुपरे पनि जोखिम कम हुने भएपछि यात्रु र सवारी चालकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । करीब एक घण्टा ३० मिनेट बढी यात्रा गरेपछि यो जोखिम छल्न सकिन्छ । त्यसैगरी, पूर्वी नेपालबाट काठमाडौँ जाने सवारीले त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट नौबिसेको बाटो प्रयोग गर्न सक्छन् । नारायणगढबाट मुग्लिन हुँदै काठमाडौँ जाँदा १४६ किलोमिटर दूरी पर्छ भने नारायणगढबाट हेटौँडा–नौबिसे हुँदै काठमाडौँ जाँदा १८७ किलोमिटर दूरी पर्ने खनालले बताए । यो दूरी ४१ किलोमिटरमात्रै बढी हो । जुन एक घण्टाको थप यात्राले सहज पार गर्न सकिन्छ । तर पूर्वी नेपालबाट आएका सवारीलाई हेटौँडाबाट सोझै काठमाडौँ जाँदा ११५ किलोमिटरमात्रै पर्छ । हेटौँडा– नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ जाँदा भने २१८ किलोमिटर पर्छ । यो सडक प्रयोग गरेमा १०३ किलोमिटर दूरी कम हुन्छ । वैकल्पिक मार्ग प्रयोग गर्न सकिएमा यतिबेलाको जोखिममा कमी आउने आयोजनाका प्रमुख रोहितकुमार विसुरालले बताए । नारायणगढबाट काठमाडौँ जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक साँघुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ भने साना सवारीलाई दूरी छोटो पर्छ । यद्यपि यी सडक कम प्रयोग भई सवारीको चाप नारायणगढ–मुग्लिन सडकखण्डमा बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैकल्पिक मार्ग प्रयोग गर्ने र जोखिम कम गर्ने विषयमा आजै छलफल गर्न लागिएको बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले यो सडक प्रयोग गर्दा सावधानी अपनाउन सूचना जारी गर्दै आएको र पहिरो खसेलगत्तै सकेसम्म छिटो सफा गर्ने काम भइरहेको बताए । यद्यपि पहिरो खसिरहेकाले वैकल्पिक मार्ग प्रयोग गराउन सकेमा सवारी चापमा कमी आउने उहाँले बताए । राजधानी प्रवेश र बाहिरीने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् । पछिल्लो समय सडक स्तरीय बनेसँगै सवारी चाप थपिएको थियो । यो सडकको स्तरोन्नतिका क्रममा अधिकांश ठाउँमा भित्तो काटिएकाले पहिरोको जोखिम उच्च भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE