Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अझै ओबाएनन् बेपत्ता परिवारजनका आँखा

रोल्पा। सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् । ९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको अनुहार, सेतै फुलेको कपाल, कुप्रो शरीर अझै पनि छोरोको प्रतिक्षामा बाटो हेर्दै दिन गुजार्न बाध्य छ । सहारा गुमाएपछि विवाहित छोरीसँगै बस्दै आएकी पुनले भक्कानिँदै भने“कति हिउँद बिते, कति वर्षात्का समय बिते, कति ऋतु बदलिए तर छोराको माया बदलिएको छैन । पढ्न गएको छोरो पढेर ठूलो मान्छे बनेर फर्कने आश अझै पनि मरेको छैन ।” उनी भन्छन्, “वर्षौं बितिसक्दा पनि छोरो फर्किएन । छोरासँगै पढ्न गएका उसका साथीहरु कोही मास्टर बनेर फर्किए, कोही लाहुरे बनेर फर्किए, तर छोराको अत्तोपत्तो छैन । मन रुन्छ, रुनुबाहेक मन बुझाउने कुनै उपाय छैन । छोराले पढ्यो भने बुढेशकालमा हेर्ला भन्ने आशाले पढ्नका लागि घरबाट पठाएका थियौँ । बिनाकारण बाटोबाटै अपहरण गरी बेपत्ता पारियो, अझैसम्म पनि छोराको अत्तोपत्तो छैन ।” मेरो छोराले कस्को के बिगारेको थियो र अनाहकमा सजाय पायो रु यौटै प्रश्न दोहो¥याउँदै उहाँ धेरै बेरसम्म भक्कानिए । यस्तै, उमेरले ७० वसन्त पार गरिसकेकी थबाङ गाउँपालिकाकी मैना बुढाले पनि छोराकै आशमा दिन गुजारी रहेका छन्। २०५५ साल चैत ९ गते दश वर्षे सशस्त्र युद्धका समयमा गाई बस्तु चराउन गएको १४ वर्षीय छोरा जंगलबाट अपहरणमा परेपछि उहाँको पनि आजसम्म अत्तोपत्तो छैन । बुढेशकालमा जन्मिएको एकमात्र छोरा बाँचुञ्जेल पालोस् मरे पछि चितासम्म पु¥याओस् भन्ने बुढाको सपना थियो तर बीचमै तोडियो । केही वर्षअघि श्रीमान्को पनि निधन भएपछि उनीपनि छोरीहरुको सहायतामा बस्दै आएका छन् । “बिदाका बेला छोराका दौतरीहरु लाहुरबाट घर फर्किन्छन् तर छोरो फर्किदैन । छोरो भएको भए बुहारी हुन्थी, नाति नातिनी हुन्थे घरआँगन कति उज्यालो हुँदो हो । यही सम्झेर रुन्छु रुदाँरुदाँ आँखा बसीसके तर पापी मन मान्दैन” उनले डाँको हाल्दै आफ्नो कथा व्यथा सुनाए । यस्तै, लुग्री गाउँपालिका रोल्पाका भक्तबहादुर सुनारका छोरा पनि सशस्त्र युद्धका बेला गाउँबाटै अपहरणमा पर्नुभएको थियो । यसरी धन कमाउने उमेरको छोरो अपहरणमा परेर बेपत्ता पारिएपछि सुनार परिवार पनि अझैसम्म विक्षिप्त बनेको छ । “हाम्रो छोरो पनि बेपत्ता नपारिएको भए हिजोआज अरुका छोराजस्तै धन कमाएर लाहुरबाट फर्किँदो हो ।” सुनारले भने । “म त बाहिर निस्कन्छु, काममा जान्छु, मन बुझाउँछु, उस्की आमा त अझै पनि छोराकै यादमा घरीघरी बेहोस हुन्छे, डाको हालेर रुन्छे उस्लाई सम्हाल्न झन गाह्रो छ । जीउ कमजोर बन्दै गएको छ । छोरो बेपत्ता नपारिएको भए धन कमाउथ्यो होला अरुका छोराजस्तै लाहुरे बनेर घर फर्कन्थ्यो होला भन्छे । सपनीमा पनि बर्बराउछे उस्लाई सम्हाल्न झन गाह्रो छ,” उनले भने। तर आज उसको यादमा तड्पिनुको पीडा हामीले पो भोगेका छौं, अरुलाई के थाहा आँशु पुछ्दै सुनारले भने । सुनार परिवारमा पनि ‘आमा....’ भन्दै छोरो घर फर्कन्छ कि भन्ने झिनो आशा अझै बाँकी छ । यी त प्रतिनिधि पात्रमात्र हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको तथ्यांकअनुसार सशस्त्र युद्धका समयमा रोल्पा जिल्लाका ३० गाविसका ६९ जना बेपत्ता पारिएका छन् । हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ । बेपत्ता पर्नेमा सबैभन्दा बढी कोर्चाबाङ गाविसबाट सातजना र तत्कालीन लिबाङ गाविस हालको रोल्पा नगरपालिकाबाट छजना रहेका छन् । आफन्तको जिउँदो मर्दो खबर नपाउँदा अझै पनि बेपत्ता परिवारका सदस्य तड्पीरहेका छन् । रुँदारुँदा उनीहरुका आँखा ओबाएका छैनन् । एकातिर परिवारमा बेपत्ता पारिएको व्यक्ति घर फर्किहाल्छ कि भन्ने झिनो आशा छ भने अर्कोतिर लाश मात्र देख्न पाए पनि मन बुझाउन सकिने उनीहरुको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies