Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ठेकेदारको मनपरि, सडक खन्दै अपलत्र पार्दै

जाजरकोट । जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ । जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा रु दुई करोड ५० लाख खर्चंदै छ । गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माणका लागि बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमानासम्म सडक पुग्न २० किलोमिटर छ । बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुईवटा सडक निर्माणका लागि रु डेढ करोड खर्च गरेको छ । त्यस्तै चालू आर्थिक वर्षमा शिवालय गाउँपालिकाले १४ वटा सडक निर्माण तथा स्तरोन्नतिका लागि रु साढे तीन करोड, कुशे गाउँपालिकाले १० वटा सडक निर्माणमा रु तीन करोड, भेरी नगरपालिकाले चार दर्जन सडकका लागि रु साढे पाँच करोड खर्चंदै छ । ती गाउँ र नगरपालिकाले चालू आवमा सडक निर्माणमा आधाभन्दा बढी बजेट खर्च पनि गरिसकेका छन् । जिल्लाका बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । यिनीहरूमात्र होइन, जिल्लाका सातवटै स्थानीय तहले सडक निर्माणमा मोटो बजेट खर्चंदै आएका छन्  । ती स्थानीय तहले महिला तथा बालबालिका, स्वास्थ्य, कृषि तथा पशु, सूचना सञ्चार, उद्योग, ऊर्जालगायत शीर्षकलाई बेवास्ता गर्दै सडक निर्माणमा मात्र ठूलो बजेट छुट्याएका हुन् । चालू आव जस्तै विगतमा दर्जनौँ सडक निर्माण भएका छन्  तर ती सडकमा यातायात सञ्चालन योग्य छैन  । जाजरकोटमा निर्माण भएका आधा दर्जन सडकमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । विगतका वर्षमा विभिन्न निकायबाट निर्माण भएका १०० ग्रामीण सडक प्रयोगविहीन छन् । पछिल्लो समय जाजरकोटका सातवटै स्थानीय तहमा व्यापक मात्रामा सडक निर्माण हुँदै आएका हुन्  । यसैगरी सात स्थानीय तहमा १०० भन्दा बढी सडक डोजरले खन्ने काम भइरहेको छ । जाजरकोटमा लाखौँ खर्चेर सडक खन्ने तर १० वर्षसम्म गाडी नगुडाउने प्रचलनको विकास भएको छ । कतिपय सडक प्राविधिक रूपले नक्साङ्कन नगरिनुका साथै वातावरणीय असर तथा सडक निर्माण मापदण्डविपरीत निर्माण भएका छन् । “जथाभावी खनेर बनाएका सडकमा बस गुड्ने त परैको कुरा, ट्र्याक्टर र जिपसमेत गुड्न सक्दैनन्”, आचार्यले भन्नुभयो । जाजरकोटमा करोडौँ बजेट खर्चेर निर्माण थालिएका १२१ सडक प्रयोगविहीन छन् । निर्माणमा ढिलासुस्ती हुँदा जाजरकोट–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक, छेडा–चाँदे–जुम्ला सडक र जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडक अलपत्र छन् । डोजरले स्थानीयवासीको रोजगारी खोस्यो जाजरकोटका सातवटै गाउँ र नगरपालिकामा डोजरले यतिबेला धमाधम सडक खन्ने काम गरिरहेका छन्  । जाजरकोटमा सडक, कुलो, पुलको जग, घरको जगलगायत निर्माण गर्ने काममा डोजरकै प्रयोग हुने गरेको छ । निर्माण कार्य डोजरले गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा भने बेरोजगार बनेका छन् । घरछेउमा सडक बनाउने, कुलो खन्नेलगायत काम गर्ने मौका नपाएपछि बेरोजगार स्थानीय कामको खोजीमा भारतीय श्रमबजार पुग्न बाध्य छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies