Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

हाकुमा मोटरबाटो निर्माण शुरु

रसुवा । सदरमुकामको नजिक रहे तापनि विकट हाकु गाउँमा मोटर बाटो निर्माण शुरु भएको छ । त्रिशूली नदी किनारबाट स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण भएपछि हाकु क्षेत्रमा सडक निर्माण गर्न सहज वातावरण भएकाले त्यस भेगका ५०० भन्दा बढी घर परिवारलाई यातायातको पहँुच पु¥याउन आफ्नो आन्तरिक बजेटमार्फत शुक्रबारदेखि सडक निर्माण अगाडि बढाइएको आमाछोदिङमो गाउँपालिकाले जनाएको छ । गापा अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुबेँसीदेखि ठूलो हाकुसम्म सडकको दूरी १० किमी रहेको र निर्माण सम्पन्न गर्न करीब रु एक करोड लाग्ने अनुमान गरिएको छ । सदरमुकामबाट पाँच घण्टामा हाकु पुग्न सकिने क्षेत्र भए पनि भौगोलिक विकटताले गर्दा दूरदराजकै रुपमा रहेको हाकु क्षेत्रमा अब सडक निर्माणसँगै गाउँको मुहार फेरिने समाजसेवी कार्साङ तेम्पा तामाङले बताए । खच्चर तथा मानिसद्वारा खाद्य सामग्री ढुवानी गरी आएकामा अबको एक वर्षभित्र मोटरबाटो सम्पन्न हुने अपेक्षा गरिएको स्थानीयवासीले बताए । हाकुमा मोटरबाटो तयार भए पनि त्रिशूली नदीमा पुलको आवश्यक पर्ने छ । सो पुल अपर त्रिशूली १९२१६ मेगावाट जलविद्युत् आयोजना०ले निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । यस्तै ग्रेगाउँ हुँदै नेसिङ –हाकुसम्मको सडक धमाधम निर्माण भइरहेको गापा अध्यक्ष बुचुङले बताउनुभयो । जिल्लाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ र आमाछोदिङमो गापाको हाकुबाहेक प्रायः सबै वडामा सडक सञ्जालले छोएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए । रसुवामा २७ वटा वडा रहेका छन् । हाकु क्षेत्रमा मोटरबाटाको शुरुआत भए पनि लाङटाङ क्षेत्र पर्यटकीय पदयात्रा भएका कारण उक्त क्षेत्रको कुन स्थानसम्म मोटर बाटो लाने भन्ने सम्बन्धमा स्थानीय तह र लाङटाङवासीसँग छलफल भइरहेको प्रमुख भट्ट जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE