Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

छाडा छोडिएको गाई गोरु गरिब परिवारलाई

\"\" धनगढी । धनगढी लगायतका क्षेत्रमा छाडा पश चौंपायाको समस्या बढ्दै जाँदा यस्ता पशु चौपायालाई बझाङ्ग जिल्ला पुर्याई  गरिब तथा विपन्न परिवारलाई वितरण गरेर व्यवस्थापन गरिने भएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख, बझाङ्गको खप्तड छान्ना गाउँपालिका र सुर्मा गाउँपालिकाका प्रमुखबीच बुधबार यस सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्खबहादुर रोकाया र सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराबीच हस्ताक्षर भएको छ । सम्झौता पत्रमा छाडा चौपाया गाई गोरुलाई धनगढीबाट बझाङसम्म पु¥याउने कामको जिम्मा धनगढी उपमहानगरपालिकाले गर्ने र पुर्याइने  गाई गोरुको बझाङका यी दुई गाउँपालिकाले समुदायमा वितरण गरेको सम्बन्धी भर्पाई धनगढी उपमहानगरलाई दिनुपर्ने उल्लेख छ । पहिलो चरणमा खप्तड छान्ना गाउँपालिकाले तीन सय गाई गोरु र सुर्मा गाउँपालिकाले छ सय गाई गोरु लैजाने सहमति भएको सुर्मा गापाका अध्यक्ष नरबहादुर बोहराले बताए । बोहराले भने–“धनगढीबाट लगेका गाई गोरु गरिब तथा विपन्न परिवारमा बाँड्छौं, गरिब तथा विपन्नले गाई किन्न नसक्दा दूध खान पाएका छैनन् ।” बझाङमा गाई गोरु लैजाने योजनाबाट जिल्लाको पोषणको अवस्थामा सुधार आइ स्थानीयवासी गरिब जनताको आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिएको छ । यी गाई गोरुलाई निःशुल्क रुपमा वितरण गरिने जनाइएको छ ।  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending